पञ्चेश्वर आयोजनाका विषयमा नेपाल र भारतबीच आज छलफल हुँदै



 

सैघाली खबर
काठमाडौं ,२० भाद्र


बहुप्रतीक्षित पञ्चेश्वर आयोजनाका विषयमा नेपाल र भारतबीच आज छलफल हुँदैछ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको ‘विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)’लाई अन्तिम रूप दिन गठन गरिएको विज्ञ समूहको दोस्रो बैठक आज नयाँ दिल्लीमा बस्दैछ ।

 

पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समितिले गठन गरेको विज्ञहरूको दोस्रो बैठक आज र भोलि बस्नेछ । विज्ञहरूको पहिलो बैठक भदौ पहिलो हप्ता काठमाडौंमा हुँदा दुवै देशबीच डिपिआरमा रहेका केही असहमतिबारे छलफल भएको थियो । बैठकको नेतृत्व नेपालका जल तथा ऊर्जा आयोगका सचिव मधुसूदन अधिकारी र भारतको केन्द्रीय जल आयोगका अध्यक्ष नरेन्द्र कुमारले गरिरहेका छन् । समूहमा नेपालका तर्फबाट १६ र भारतका तर्फबाट ११ जना विज्ञ सम्मिलित छन् । पञ्चेश्वर आयोजनाको बाँध स्थल सन् १९५६ मा नै भारतीय पक्षले पहिचान गरेको थियो । सुरुमा, सन् १९७१ को आयोजना प्रतिवेदनमा १००० मेगावाट क्षमताको देखिएको थियो । तर, पछि सन् १९९१ मा यस आयोजनाको बाँध ३१५ मिटरको बनाएर ५४० मेगावाटका १२ वटा इकाइ राखेर कुल ६ हजार ४ सय ८० मेगावाट विद्युत् उत्पादन हुने देखिएको थियो । सन् १९९५ मा नेपालका तर्फबाट विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्