मुख्य समाचार

आज मानव बेचबिखन विरुद्धको एघारौं राष्ट्रिय दिवस

By थाहा अनलाइन

September 05, 2017

 

सैघाली खबर काठमाडौं ,२० भाद्र

आज मानव बेचबिखन तथा ओसारपसारविरुद्धको एघारौं राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । “एउटै लक्ष्य एउटै सार, मानव बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार” भन्ने नाराका साथ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको अगुवाइमा यो दिवस मनाउन लागिएको छ ।

 

आज बिहान राजधानीको विभिन्न ठाउँमा प्रभातफेरि गरेर प्रज्ञा भवन कमलादी पुगेर विशेष कार्यक्रम अहिले केहीबेरमा शुरु हुँदैछ । प्रभातफेरिमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालासहित सरकारी अधिकारीहरु, यस क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा अभियन्ताहरुको सहभागिता रहेको छ । प्रज्ञा भवनमा हुने कार्यक्रममा सभामुख ओनसरी घर्तीको पनि सहभागिता रहने मन्त्रालयले जनाएको छ ।