इन्द्र नेपाली, तेह्रथुम ।
सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम संञ्चार लगायतका विधेयकले स्वतन्त्र पत्रकारितालाई अंकश लगाउन खाजेको भन्दै नेपाल प्रेस युनियन आन्दोलित भएको छ ।
मिडियालाई नियन्त्रण गर्ने नियतको सरकारी कदमलाई भत्सर्ना तथा तत्काल सच्याउन माग गर्दै नेपाल प्रेस युनियनले आज ७७ वटै जिल्ला प्रसासन कार्यलय मार्फत सभामुख र राष्ट्रियसभा अध्यक्ष समक्ष ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझाउने राष्ट्रिय कार्यक्रम अनुसार प्रेश युनियन तेह्रथुमले पनि प्रमुख जिल्ला अधिकारी मार्फत सभामुख र राष्ट्रियसभा अध्यक्ष लाइ ज्ञापन पत्र बुझाएको छ ।
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको बिरुद्धमा गर्न खोजिएको कार्यको बिरोधमा युनियनले तयार पारेको बिज्ञप्ती प्रेस युनियनका जिल्ला अध्यक्ष टीआर सेनेहाङले प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाँईलाई बुझाएका थिए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खतिवडाले सम्बन्धीत निकायमा आजै पठाउने जानकारी गराएका छन। प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा रहेका जिल्लाका बिभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थितीमा ज्ञापन पत्र बुझाईएको नेपाल प्रेश युनियन तेह्रथुमका उपाध्यक्ष यसोदा श्रेष्ठले जानकारी दिए।
मिडिया काउन्सिल विधेयक प्रति बिरोध जनाउदै युनियनले संञ्चारमन्त्रीका औपचारिक कार्यक्रम बहिस्कार गर्ने , जेठ १ गते देशैभरका शाखाहरुले अन्तरक्रिया गर्ने र जेठ २ गते बिरोध प्रदर्शन गर्ने लगायतका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।