तुलसीपुरमा पाण्डेश्वरी बुकिङ काउण्टर स्थापना



सेैघाली खबर,
दाङ,२० भदौ।
तुलसीपुरमा पाण्डेश्वरी यातायत कार्यलयको बुकिङ काउण्टर स्थापना भएको छ।सो काउण्टरले मगंलबार देखि सो काउण्टरले नेपालंगजमा सञ्चालन गर्ने भएको छ।
बर्षपार्क भित्रै सञ्चालनमा आएको काउण्टरबाट निकट भबिष्यमै सल्यान रुकुम जस्ता पहाडी जिल्लाहरुमा पनि नियमीत यातायात सेवा सञ्चालन गर्ने भएको छ।पहिलो चरणमा तुलसीपुर बाट बिहान साढे ६ बजे र दिउसो १ बजे नेपालगंजमा सेवा सञ्चाल्न गर्नै सो प्रालिका अध्यक्ष सरोज शाहले बताउनु भयो।

प्रालीका अध्यक्ष शाहले बुकिङ काउण्टरमा मनु सेनलाई टिकेट र चलानीको ठेली दिएर बुकिङ काउण्टरको सुभारम्भ गरीएको हो।

सो अबसरमा नेपाल तरुण दलका अध्यक्ष ,प्रालीका सल्लाहकार समेत रहनु भएका टिका घर्ती ,प्रालीका उपाध्यक्षद्धय केशब नेपाली र मनोहरजगं सिहं, समितीका सदस्य नरेन्द्र श्रेष्ठ,तरण दलका क्षेत्रिय अध्यक्ष रमेश मल्ल लगाएतकाको सहभागीता रहेको थियो।

प्रालीका अध्यक्ष शाहले यो पहिलो शुरुवात भएको भन्दै निकट भबिष्यमै सेवालाइ क्रमशं मुलुक भर बिस्तार गर्ने बिचार ब्यक्त गर्नु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्