डाक्टरको लापारवाहीले लियो बालिकाको ज्यान यस्तो भन्छन्, मृतकको बुवा (भिडीयो)



काठमाडौं। गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले आफुलाई न्याय दिलाउनुपर्ने माग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो माग गरेका हुन् । न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदा पनि न्याय नपाएको उनले गुनासो गरे ।

उनले भने, ‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ ।’

शल्यक्रिया गर्नुपूर्व बिरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाइएको पनि उनले सुनाए ।

उनले भने, ‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ । हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’
छोरीको मृत्युको सत्यतथ्य छानबिनका यो हामीहरु सरकारी कार्यालय धाउन थालेको धेरै भयो। तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन् । हामीलाई नालामा फ्याल्ने धम्की समेत आयो ।’उनले पत्रकार सम्मेलनमा भने,

उनले भने,‘अब हामी कहाँ जाने रु हामीलाई कहिले न्याय दिनुहुन्छ रु कार्यक्रममा बालिकाका आफन्त सरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाए ।बाकी भिडीयोमा

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्