क्रान्तिकारीको २२ औँ जिल्ला सम्मेलन तयारी अन्तिम चरणमा



सैघाली खबर
दाङ २० , भदौ
नेपाल कम्युनिष्ट पाटी विप्लप निकट अनेरास्ववियु क्रान्तिकारी दाङले जिल्ला सम्मेलनको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संगठनको यहि भाद्र २२ गते दाङको घोराहीमा हुन लागेको २२ औँ जिल्ला सम्मेलनको तयारी अन्तिम चरणका पुगेको जनाएको हो ।

क्रान्किारीले सम्मेलनलाई सफल बनाउन जिल्लामा भएका २३ वटा विद्यालयमा संगठन निर्माण तथा सुदृढ अभियान संचालन गरेको अखिल क्रान्तिकारीका जिल्ला सदस्य अम्मर खडकाले जानकारी दिए ।

जिल्ला सम्मेलन तयारीका लागि ३ महिना अगाडी सचालन भएको अभियानमा करिब १० हजार विद्यार्थी आवद्ध भएको क्रान्तिकारीले दावि गरेका छ । शैक्षिक विकृति, माफिया दलाल र शैक्षिक भ्रष्टीकरणको विरुद्धमा कडा संर्घष गर्ने पनि जिल्ला सदस्य खडकाले वताए । साथै क्रान्किाकारले यस अम्बेश्वरी मावि फुलबारी बाढी पिडीत बालबालिकालार्इं शैक्षिक सामग्रि वितरण गरेको अखिल क्रान्तिकारी दाङले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्