बेवारिसे शव भन्दै गाडिएको गंगटेको परिचय खुल्यो




जनक नेपाली
दाङ, २० भदौ । वडा प्रहरी कार्यालय लमहीको हिरासत भित्र मृत्यु भएका व्यक्तिको परिचय खुल्न आएको छ । घोराही उपमहारपालिका १४ गिठ्ठेपानी जाने बाटो नजिकै बस्दै आएका गंगटको नामका देबहादुर विक रहेको उनको ठुली आमा नाता पर्ने घोराही उपमहानरपालिका १६ तरौटेकी मनपुरा खनालले जानकारी दिनुभयो । प्रहरी हिरासत भित्र थुनुवा ब्यक्तिको मृत्यू भएको घटना प्रहरीले गुपचुप राखेर बेवारीसे अबस्थामा सडक छेउमा शब भेटिएको भनि घोराही उपमहानगरको रोहबरमा उक्त शव गाडिएको थियो । गंगटेको उमेर अन्दाजी ३८ /३९ बर्षको हुदो हो उनकी ठुलीमा मनपुराले भन्नुभयो । घर परिवारले घरमा बस्न नदिदा आफनोमा आएर बस्ने गरेको वताउँदै मनपुराले उ मरेको छ भन्ने कुरा आजमात्र थाहा पायौ । उसको बाको नाम जसे कामी हो आमा उसको बा को मृत्यु भएपछि दुई बहिनी छोरी लगेर अनेत्र विवाह गरेर गै गंगटेलाई मैले सानै देखि हुर्काएर राखेको थिए भन्नुभयो । घरको उ जेठो छोरो हो उसका दुई भाई दुई बहिनी थिए त्यस मध्य भाईको पनि मृत्यु भयो । उसको आमाको चौघेरामा विवाह भएको छ भन्ने सुनेको छु मलाई अरु थाहा छैन । जेठी बाटका दुईभाई छोरा गिठ्ठेपानी जाने बाटो नजिक घर बनाएर बसेका छन् ।

 

 

गंगटेकी ठुली आमा नाता पर्ने मनपुरा खनाल

 

 

घटनाको बिस्तृत विवरण

घोराही–१४, नयाँ बजारका गंगटे भनिने एक व्यक्तिलाई भदौ १३ मा प्रहरीले पक्राउ गरेर लमही अस्पतालमा चेकजाँच गर्न लगेको थियो । चेकजाँचका क्रममा उनलाई मानसिक समस्या देखिएपछि मानसिक परामर्श गर्नुपर्ने सुझाव दिएर पठाएको अस्पतालका डा. ईश्वरी खनालले वताउनुभयो । भदौ १४ मा फेरि प्रहरीले चेकजाँच गर्न लैजाँदा उनको मृत्यु भइसकेको थियो । अस्पतालले ईसीजी गराउन लगाएर मृत घोषणा गरेको डां खनालले वताउनुभयो । त्यसपछि जिल्ला प्रहरी कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा मृतकको फोटो राखी घोराही–लमही सडक खण्डको चौपट्टामा फेला परेको बेवारिसे शव भनेर प्रेस विज्ञप्ति जारी गरेको थियो । बजारमा माग्दै हिँड्ने गर्दथे ।
बेलाबेला उनी चोरी घटनामा पक्राउ पर्ने गरेका थिए वडा प्रहरी कार्यालय लमहीले भने त्यस्तो व्यक्तिलाई नियन्त्रणमा नलिएको दाबी गरेको छ । प्रहरी निरीक्षक सुरज खड्काले त्यस्तो व्यक्तिलाई पक्राउ नगरेको दाबी गर्नु भयो । उहाँ आफ्नो नियन्त्रणमा कसैको मृत्यु नभएको बताउनुभयो । प्रहरीले मृत्युपछि एम्बुलेन्समा राखेर शव राप्ति उपक्षेत्रीय अस्पताल घोराही पठाएको थियो । उक्त शव भदौ १६ मा आफन्त लिन नआएको भन्दै घोराही उपमहानगरपालिकाको रोहवरमा गाडि सकिएको छ ।

 

 

 

 

 

 

 

प्रहरी प्रमुख घटनाका बारेमा यस्तो भन्नु हुन्छ
जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले उक्त शव बेवारिसे अवस्थामा भेटिएको जानकारीमा आएको र सोही अनुसार प्रक्रिया पु¥र्याएर गाडिएको बताउनुभयो । लमही प्रहरीले नियन्त्रणमा लिएकोबारे आफूलाई थाहा नभएको उहाँको भनाई छ । प्रहरीले कतै पक्राउ गरेको भन्ने मलाई जानकारीमा आएको छैन उहाँले भन्नुभयो । लमहीका ईन्स्पेक्टरले पक्राउ नगरेको जानकारी दिनुभएको छ । यदि त्यस्तो भएको रहेछ भने म बुझ्छु उहाँले भन्नु भयो ।

 

 

 

 

 

 

 

प्रहरी निरिक्षक सुरज खड्का घटनाका बारेमा के भन्नु हुन्छ
वडा प्रहरी कार्यालय लमहीले भने आफ्नो हिरासतमा रहेका कुनै ब्यक्तिको मृत्यू नभएको दावी गरेको छ । प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काले प्रहरी कार्यालयको हिरासत भित्र कुनै ब्यक्तिको मृत्यू नभएको दावी गर्नुभयो । ‘हामी कहाँ त्यस्तो कुनै घटना भएको छैन , यहाँलाई कस्ले यस्तो सूचना दियो उहाँले भन्नुभयो ।

 

ठुली आमा मनपुरा खनालको भनाई जस्ताको त्यस्तै
मलाई सानै उमेर देखि कोरले भेट्टाएको थियो उनिहरुका बा आमाले पसल सञ्चालन गरेका थिए । लामो समय उनको घरमा बसे उनिहरुको रेखदेख दिन विताए उहाँले भन्नुभयो । गंगटेको बा को मत्यु भयो उसकी आमा सबैलाई छाडेर अर्काे मान्छे संग बिबाह गरेर गै म उनिहरुको रेखदेख गरेर बसे मनपुराले बताउनुभयो । यसको एउटा हात र खुट्टा लाग्दैन थ्यो बजारका गल्ली गल्ली मागेर खान्थो कसैलाई केही भनेन र उसको कस्ले हत्या गरेको भन्नुभयो । केही समय पहिले आठ÷ नौ दिन घरमा बसेर गयो त्यस दिन देखि आउँदै आएर बरु उ मेरेको खबर पो आयो उहाँले भन्नुभयो । यसलाई मैले नागरिकता बनाई दिए महिला कार्यालयमा गएर अपाङको परिचय पत्र बनाईदिए तर केही काम लागेन उहाँले दुखेसो पोख्नुभयो । उसलाई कसैले मारेर पो फल्यो कि कतै गाडीले पो हान्यो कि उहाँले भन्नुभयो । यसको साथमा कालो झोला थियो त्यो झोलामा नागरिकता र अपाङ परिचय राखेको छ त्यो पनि खोज्दिनु होला । सबै भन्दा उसको शव कस्तो अबस्था छ कहा छ एक पटक देख्न मन छ । उ को हत्या भयो कि उ आफै मरेको हो त्यसबारेमा खोजी गर्दिनु होला मनपुराले भन्नुभयो ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्