एक महिने नेपाली साङ्केतिक भाषा तालिम शुरु



तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ८ को आर्थीक सहयोग तथा राप्ती बहिरा संघ दाङको आयोजनामा तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ८ को अस्वारामा एक महिने नेपाली साँकेतिक भाषा तालिम शुरु भएको छ ।
राप्ती बहिरा संघ दाङका अध्यक्ष अजयकुमार शर्माको सभापतित्व तथा तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ८ का वडा अध्यक्ष बेदबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको तालिमको उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले वडामा रहेका बहिरा अपांगता भएका व्यक्तिहरुको हरेक स्थानमा सहज पहुँच स्थापित गराउन सहयोग पुर्याउने मुख्य उद्देश्यले विगत वर्षदेखि नै नेपाली साँकेतिक भाषा तालिमको सञ्चालन गर्दै आएको कुरा बताएका थिए ।

साथै आगामी वर्षमा पनि यस्ता किसिमका तालिमका लागि वडाबाट आवश्यक योजना बनाएर अघि बढ्ने कुरामा जोड दिएका थिए ।
राप्ती बहिरा संघ दाङका कार्यकारी निर्देशक प्रतिमा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा वडा सदस्य गौमती सार्की , वडा स्तरिय अपांगता समन्वय समितिका संयोजक तेजकुमारी भुसाल,बहिराहरुका अभिभावक रञ्जु शाह,बालकुमार देवकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

३५ जना बहिरा तथा सुस्तश्रवण भएका व्यक्ति र तिनका अभिभावकहरुको सहभागीता रहेको कार्यक्रमको सहजिकरण राप्ती बहिरा संघ दाङका कार्यक्रम संयोजक देवा डाँगीले गरेकी थिईन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्