दाङमा राजधानी उन्मुख संरचना तयार हुदै



गिरिराज नेपाली
दाङ २१ , भदौ
प्रदेश नम्वरका पाँचको प्रादेशिक राजधानीको चर्चा बटुली रहेको दाङ , प्रादेशिक संरचना निर्माण तर्फ पनि उन्मुख हुदै गईरहेको छ । भौगोलिक रुपमा प्रदेश नम्वर पाँचको केन्द्रविन्दुमा पर्ने दाङ लाई संघिय संरचना विभाजन संगै नेपाल सरकारकाले तत्कालका लागि अस्थाई मुकाम तोकी प्रदेश स्तरिय न्यायलय उच्च अदालत र प्रदेश प्रहरी कार्यालय , स्थापना गरी सेवा प्रवाह समेत सुरु गरिसकिएको छ ।

 भौगोलिक रुपमा दाङ प्रदेश राजधानी बन्ने आधार प्रवल रहे पनि अझै न्यायलय र प्रहरी प्रदेश कार्यालय उक्त सम्भावना अझै मजवुत वनाएको छ । नेपाल सरकारले दाङको घोराहीमा रहेको राप्ती उप–क्षेत्रिय अस्पताल लाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका अघि सारे संगै अर्काे ईट्टा थप्ने काम गरेको छ । प्रादेशिक राजधानी बन्ने आधार र सम्भावना अवसरमा प्रशस्त रहे पनि पछिल्लो समय निजि क्षेत्रको लगानी , पर्यटन , व्यापार र होटेल माथिको लगानी पनि थप फराकिलो बन्दै गईरहेको छ । स्तर होटेल , सडक पुलपुलेसा स्तरोनती मर्मत ÷सम्भार र निर्माण , सडक सवारीहरुको स्तरियता सेवा थप संगै , निजि तथा सामुदायिक शिक्षालयको विकासले दाङ लाई अझै राजधाजनी उन्मुख वनाउदैै लगेको छ ।

दाङलाई प्रदेश नम्वर पाँचको राजधानी वनाउन नागरिक दबाब मात्रै होईन । संरचनागत दबाब पनि दबदबा पुर्ण तरिकाले थपिदै गईरहेको छ । नेपाल सरकारका श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली वहादुर चौधरीले सुस्त –सुस्त प्रदेश स्तरिय सरकारी कार्यालयहरु लाई नेपाल सरकारले पठाएको छ । पठाउने तयारीमा पनि छ । जसका कारण दाङमा राजधानी उन्मुख सरकारी संरचनाहरु थ्प संगै बलियो सम्भावना बोक्दै गईरहेको छ ।

मन्त्री चौधरीले दाङ सरकारी जग्गा र भु–वनावटले अति उपयुक्त स्थान रहेकाले दाङ नैे राजधानी बन्ने सक्छ । तर सरकारमा रहेको पार्टी र मन्त्रीको हिसावले कति कुरा वोल्न सकिन्छ वा सकिदैन । तर प्रदेश राजधानी दाङ ने बन्न सकिने सम्भावना देखिएको छ । यो विस्तार हुने काम हो । त्यो दाङवासीहरुको उत्साहले देखाउला ? तर नेपाल सरकारको वाह्य ईच्छाशक्ति दाङ नै राजधानी वनाउने देखिएको छ । त्यो होला भन्ने पनि हाम्रो चाहाना हो ।

त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी सरकारले केही संरचना निर्माण गरे पनि अस्थाई मुकाम तोक्न नसक्दा दाङ अझै राजधानी वन्छ भन्ने कुरामा दाङवासी ढुक्क नभएको उनले वताए । सरकारले अस्थाई मुकाम तोक्न नसक्दा संरचना निर्माणले मात्रै राजधानी निर्माण नहुने उनले वताए । श्रेष्ठले भने –सरकारले केही आधारहरु देखाएको छ । तर त्यो सवै ढुक्क हुने आधार होईन । तर नभएको पनि होईन । सरकारले जे काम गर्नु पर्ने थियो । श्रेष्ठले निजि क्षेत्रको विकास सुविधा सम्पन्न स्तरिय होटेलहरु पनि खुल्ने क्रममा छन । संरचनाहरुको थप हुदै गए पनि अस्थाई मुकाम तोक्न नसक्दा नागरिक दुविदामा परेको उनले वताए । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले राजधानी निर्माणका लागि उपयुक्त भौतिक संरचना नभए पनि ति संरचनाहरु निर्माण गर्न सकिने वताए । संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा व्यावस्थापनका स्थानिय प्रशासन आन्तरिक जोडघटाउ गरीरहेको वताए । राजधानीका सचिवालय , मन्त्री कार्यालय , प्रशानिक कार्यालय निर्माणका लागिका लागि कम्तीमा १ सय विगाहा जग्गा आवश्यक पर्छ । त्यो जग्गा दाङमा छ ।

निजि क्षेत्रको विकास पनि फष्टाउदै गईरहेकाले दाङ राजधानी निर्माणका लागि थप टेवा पुगेको छ । २ सिमेन्ट उद्योग , कृर्षिजन्य , पशु , वन तथा अन्य क्षेत्रको विकास पनि फष्टाउदै गईरहेको दाङका धेरै कुराले सम्भावना रहदै आए पनि कार्यालय मुकाम तोकेर कार्यालय खोलिदा थप सम्भावना चुलिएको छ । यस लाई सार्थक वनाउन दाङवासी दबाबपुर्ण नैतिक सहयोग रहने उनले वताए । प्रदेश सरकारका लागि कम्तीमा १२ वटा मन्त्रालयहरु रहने भएकाले दाङले त्यो भार थेक्न सक्ने उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्