‘खुल्दैनन मानव तस्कारीका घटना’



गिरिराज नेपाली
दाङ २१ , भदौ
गाँउघरमा मानव वेचविखनका घटनाहरु जिवितै रहे पनि ति घटनाहरु सामाजिक रुपमा खुल्न नसक्दा न्यायलय वा प्रहरी प्रशासन सम्म सकेको छैनन । समाजले नै ति घटनाहरु लाई गुपचुप राखी लुकाउन खोज्दा मानव तस्करीका घटनाहरु बाहिर आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।   मावन वेचविखन तथा वधुवा कामदारका रुपमा कुनै पनि व्यक्ति प्रयोग गर्न नपाईने । मान्छेको मुल्य तोक गरी कसैले एक ठाँउ वाट अर्काे पैसा तिरेर लग्न नपाईने भनि कानुनी निषेध गरे पनि मानव सभ्यताको विकास संगै विकासित मानव तस्करी सामाजिक अपराधका रुपमा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दुर्गा सिंहले मानव तस्करीका घटनाहरु सामाजिक रुपमा हुने गरे पनि ति, घटनाहरु लाई समाजले गुपचुप राख्न खोज्दा मानव तस्कारीका घटनाहरु खुल्न नसकेको उनले वताईन । अपराध मध्येकै महा–अपराधका रुपमा उभिएको मानव तस्करीका घटनाहरु यही समुदायमा हुने गरे पनि यही समुदायले त्यो अपराध लुकाउन खोज्दा मानव तस्करीका घटनाहरु भईरहेको सिंहले वताईन । ६ जना मानव वेचविखन शिकार हुनु परेको छ । मानव वेचविखनका घटनाहरु सख्यात्मक रुपमा थोरै देखिए पनि सामाजिक रुपमा यो भन्दा अझै धेरै लुकेर वसेको उनले वताईन ।

दाङमा मात्रै आर्थिक वर्र्ष २०७१÷७२ मा २ , २०७२÷७३ मा ३ र आर्थिक वर्ष २०७३÷७४ मा १ गरी ६ जना मानववेच विखनको शिकार परेको सिंहले जानकारी दिईन । ३ वर्षमा ६ जनाको उजुरी परे पनि वैदेशिक रोजगारका नाममा थुप्रै महिला तथा किशोरीहरु भारतको वाटो हुदै विभिन्न देशमा विक्रिहरु , वधुवा कामदार हुने , यौन शोषणमा पर्ने गरेको उनले वताईन । आर्थिक विपनता , पारिवारिक विचलन , अशिक्षा आदी कारणले मानव तस्करीका घटनाहरु मौलाउदै गईरहेको छ । भने समाजले ति घटनाहरु लुकाउदै अपराधी वचाउने , पिडित अझै अन्याय थप्ने काम समुदायले गर्दा मानव तस्करीका , मानव व्यापारका घटनाहरु नरोकिएको उनले वताईन ।
नेपालको तथ्याङ हेर्दा पछिल्लो समय मानव तस्करीका घटनाहरु क्रमिक रुपमा वढ्दै गईरहेको पाईन्छ । नेपाल प्रहरीको तथ्याङ अनुसार पछिल्लो ३ वर्षमा मात्रै ६ सय २० जना वेचविखनमा परेको तथ्याङ रहेको छ । नेपाल –भारत विचको खुल्ला सिमानाका कारण नेपालका महिला तथा किशोरीहरु रोजगारको प्रलोभनका कारण वेचविखनमा पर्ने गरेको प्रहरी प्रमुख सिहंको भनाई छ । दाङ र भारतको खुल्ला सिमान नभए पनि दाङ वाट वाँके , भैरवा विरगन्ज हुदै दाङका महिला दिदि वहिनीहरु भारत लगाएत अन्य देशमा पुग्ने वा पु¥याईने गरेको उनले वताईन ।

त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले मानव वेचविखनमा घटनाहरु कानुनी रुपमा निषेध गरे पनि सामाजिक व्यावहारका रुपमा मानव वेचविखन वन्धेज हुन अझै नसकेको वताए । लुकीछिपी मानव तस्करी हुने गरे उक्त घटना लाई समुदायले प्रहरी प्रसासन सम्म नपु¥याउदा मानव तस्करीका घटनाहरु कमि आउन नसकेको उनले वताए । उनले भने – ‘मानव सभ्यताको कलंक रुपमा रहेको मानव तस्करीले मान्छेले मान्छे नै बेच्ने भन्ने प्रवृत्तिको विकास गरेको छ । ’ जुन मानव अधिकार प्रतिको खुल्ला नाचो वनेको छ । 

आर्थिक मोहोका कारण पछिल्लो समय मानव ओसारपसार काममा आफ्नै छिमेकी वा आफन्तले प्राय घटनाहरु हुने भएकाले अवैध रुपमा कुनै काम वा रोजगारका लागि मुलुक वाहिर जान नहुने उनले वताए । आर्थिक विपनताको चपेटामा परेका एकल महिला , किशोरी , नावालिका , अशिक्षित महिलाहरु आर्थिक प्रलोभन देखाई ललाई फकाई भारत लगाएतका अन्य देशहरुमा कोठी कामदारको रुपमा विक्रि वितरण गर्ने गरेको उदाहरणहरु प्रशस्तै रहेका छन ।  दाङमा पनि ति प्रमाणहरु भेटिएका छन । भेटिएका प्रमाण लाई कानुनी कार्वाही पिडित लाई न्याय दिलाउन प्रयासमा प्रसासन रहेको उनले वताए । अज्ञानका कारण जोखिममा परेको वा पर्ने गरेको व्यक्तिहरु लाई सामाजिक सचेतनाका विकास संगै सामाजिक अपराधको रुपमा देखा परेको मानव तस्करी लाई समुदाय वाटै अन्त्य गरिनु पर्ने उनले वताए । उनले भने – राज्य नै समुदाय रहेकाले समुदायले मानव कलंकको यो प्रवृत्ति लाई हटाउनु पर्छ । मानव वेचविखनमा संलग्न रहेको व्यक्ति लाई २० वर्ष कैद १ देखी ५ लाख सम्म वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

यसैविच मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति दाङले मंगलवार घोराही ‘अवको गन्तव्य मानव वेचविखनको अन्त्य ’ भने मुल नाराका साथ ११ औ राष्ट्रिय मानव वेचविखन विरुद्धको दिवस मनाएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठको अध्यक्षता एंव जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमा सहभागीहरुले मानव वेचविखन गर्ने लाई कानुनी निषेध मात्रै होईन सामाजिक निषेध पनि गरिनु पर्ने वताएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख दुर्गा सिंहले कानुनी परिपत्र सहितको प्रतिवदेन प्रस्तुत गरेकी थिइृन । भने कार्यक्रमको सहजीकरण महिला अधिकार कर्मि साजिता सिद्दिकिले गरेकी थिईन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्