पञ्चेश्वर आयोजनाका विषयमा नेपाल र भारतबीचको बैठक सकिंदै



सैघाली खबर
काठमाडौं , २१ भाद्र

बहुप्रतीक्षित पञ्चेश्वर आयोजनाका विषयमा नेपाल र भारतबीचको छलफल आज सकिदैछ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) लाई अन्तिम रूप दिन गठन गरिएको विज्ञ समूहको दोस्रो बैठक हिजोदेखि नयाँ दिल्लीमा सुरु भएको छ ।

छलफलमा नेपालले राखेको प्रस्तावमा छलफल हुनेछ । । बैठकको नेतृत्व नेपालका जल तथा ऊर्जा आयोगका सचिव मधुसूदन अधिकारी र भारतको केन्द्रीय जल आयोगका अध्यक्ष नरेन्द्र कुमारले गरिरहनु भएको छ । समूहमा नेपालका तर्फबाट १६ र भारतका तर्फबाट ११ जना विज्ञ सम्मिलित छन् । पञ्चेश्वर आयोजनाको बाँध स्थल सन् १९५६ मा नै भारतीय पक्षले पहिचान गरेको थियो । नेपाल भारतबीच सहमति भए पञ्चेश्वर परियोजना अगाडी बढ्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्