उपप्रधानमन्त्री महरा चीन जाँदै



सैघाली खबर
काठमाडौं , २१ भाद्र


उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने राजनीतिक भ्रमणमा आज चीन जाँदैहुनुहुन्छ । चीन र भुटानको सीमा दोक्लममा भारत र चीनबीच उत्पन्न भएको तनाव साम्य भएको एक सातापछि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महराको चीन भ्रमण हुन लाग्नु भएको हो । महराको टोली मन्त्रालयको चीन हेर्ने उत्तरपूर्वी महाशाखा प्रमुख तथा चीनका लागि नेपाली राजदूतसहित ७ सदस्यीय हुनेछ । महराले बेइजिङमा आफ्ना समकक्षी विदेशमन्त्री वाङ यीसँग दुईपक्षीय विषयमा छलफल गर्ने महराका प्रेस संयोजक हरि लामिछानेले जानकारी दिनुभयो । भेटमा पारवहन सम्झौतादेखि पछिल्लो सबै अवस्थाका बारेमा जानकारी दिने काम हुनेछ । भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवाको चीन भ्रमणबारे पनि छलफल हुनेछ । महराले त्यहाँ प्रधानमन्त्री ली खछ्याङसँग शिष्टाचार भेट गर्ने निश्चित भइसकेको छ । अर्को दिन चाइना फरेन अफेयर्स युनिभर्सिटीमा आयोजना हुने अन्तरक्रियामा आफ्नो धारणा राख्ने र फर्कने क्रममा गोन्जाओमा ६ महिनाअघि खुलेको नेपाली महावाणिज्य दूतावास उद्घाटन गर्ने कार्यक्रम छ । महरा आज साँझ चीन प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्