एनआरएनए अमेरिकामा सुनिलकुमार साह विजयी



एनआरएनए अमेरिकाको अध्यक्षमा सुनिलकुमार साह विजयी भएका छन् । सन् २०१९–२१ को कार्यकालका लागि हिजो सम्पन्न मतदानको प्राप्त नतिजा अनुसार साह अध्यक्षमा विजयी भएका हुन् ।

कुल खसेको ७ हजार ३ सय ५७ मतमा साहले ३७ सय ११ मत प्राप्त गरी निकटतम प्रतिद्वन्दिलाइ फराकिलो मतान्तरमा पछाडि छोड्दै जित हासिल गरेका हुन् । अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १७ सय ९७ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार सन्जाय थापाले १५ सय ५४ मत प्राप्त गरेका छन् ।

कडा टक्कर हुने अनुमान गरिएको वरिष्ठ उपाध्यक्षमा डाक्टर अर्जुन बन्जाडेले झिनो मत अन्तरले जीत हासिल गरेका छन् ।

एलआरएन अमेरिकाको नवनिर्वाचित टीम ।

त्यस्तै त्रिपक्ष प्रतिस्पर्धा हुने अनुमान गरिएको महासचिवमा सियाटल निवासी पशुपति पाण्डेले नतिजा आफ्नो पक्षमा पारेका छन् ।
क्षेत्रीय उपाध्यक्षहरुमा बीआर लामा, कृष्ण जी वी पन्त, सर्वज्ञ वाग्ले र बुद्धि सुबेदी विजयी भएका छन् ।

त्यस्तै सचिवमा अमृत कटेल, कोषाध्यक्षमा नेत्रबन्धु पोखरेल, सहकोषाध्यक्षमा सन्तोष विष्ट र महिला संयोजकमा दीक्षा बस्नेत विजयी भएका छन् ।

एनआरएनए अमेरिकाको यो निर्वाचन परिणामले आइसीसीको आसन्न निर्वाचनलाई समेत प्रभाव पार्ने संभावना छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्