सोह्र श्राद्ध र यसको महिमा



श्राद्ध सवैभन्दा पहिले विष्णु भगवानले गरेका थिए त्यसपछि व्रहमाजीले अनि त्यसपछि निमिले र उनीपछि अरुहरुले गरेको पाइन्छ ।
श्राद्ध के हो ?
श्रद्धापुर्वक गरिने कर्म श्राद्ध् हो अर्थात श्रद्धा भक्तिले गरिने काम श्राद्ध हो। परलोक भएका पितृहरुका लागी मनपर्ने वस्तु श्रद्धापुर्वक चढाउदै गरिने कर्म वा पुजा पनि श्राद्ध हो। पितृहरुको स्मरण गरी दान दीनु पनि श्राद्ध हो । दिब्य पितृको श्राद्ध सबैभन्दा पहिले बिष्णुजीले,त्यसपछि ब्रह्माजीले,त्यसपछि दत्तात्रेयका छोरा निमिले अनि त्यसपछि हिन्दु अरुहरुले गरेको पाइन्छ र आजकल श्राद्धको महिमा बुझेका सवैले श्राद्ध गरेको पाइन्छ।

चलनचल्तीका प्रमुख श्राद्धहरु मध्ये नित्य,नैमित्तिक , सपिण्डी , वृद्धि , शुद्धि , कर्माडग दैनिक, यात्रा , मासिक उनमासिक,नान्दी बार्षिक ,एकोद्धिष्ट ,पार्वण आदि प्रमुख मानिन्छन्।
सोह्रश्राद्ध पितृपक्ष

बर्षमा २४ ओटा पक्षहरु हुन्छन। ति पक्षहरु मध्ये एक पक्ष पितृकार्यको पक्ष मानिन्छ। यसै पक्षलाई सोह्र श्राद्ध वा पितृपक्ष पनि भन्नेगरेको पाईन्छ । पितृ पक्ष प्रायः आश्विन कृष्ण प्रतिपदा देखि अमावाश्य अर्थात औसीं सम्म पर्छ यसवर्ष २०७४ भाद्र २१ देखि २०७४ आश्विन ०४ गतेसम्म परेको छ। एकोद्धिष्ट वा पितृको मूल तिथि नगरी अर्थात बार्षिक श्राद्ध वा पितृको निधन भएको तिथिमा श्राद्ध नगरी पितृपक्षमा श्राद्ध नगर्ने भन्ने चलन पाइन्छ।
महालय र पार्वण श्राद्ध
औंसी वा पर्वमा गरिने श्राद्ध पार्वण श्राद्ध हो। पार्वण श्राद्धलाई एकापार्वण,द्धिपार्वण, त्रिपार्वण गरी तिन भेदमा राखेको पाईन्छ। धेरै पितृहरुको श्राद्ध गरिने भएकाले सोह्रश्राद्धलाई महालय श्राद्ध पनि भन्ने गरिन्छ। यसमा पितृ कूलका पिता पितामह प्रपितामह तथा मातृकूलका मातामह प्रमातामह वृद्धप्रमातामह गरी ३३ पुस्ताका सपत्नी सहितलाई पिण्ड दिईन्छ । त्यस्तै पितृव्य तिन पुस्ताकाजेष्ठ मध्य कनिष्ठ आदि पितामह,प्रपितामह,मातुल सपत्नीसहित आदि पितृहरुलाई पिण्ड दिने गरिन्छ ।कसैकसैले राष्ट््रपिता भनि राजालाई पनि पिण्ड दिनेगरेको पाईन्छ ।

श्राद्ध गर्ने ठाउ र समय

श्राद्ध घर वा तीर्थस्थलमा गरिन्छ, घरको माथिल्लो तला,चोटा,कौसी वा छतमा श्राद्ध नगर्ने तर भुइतलामा गर्ने परम्परा छ। महालय श्राद्ध मध्यान्ह्रमा गर्नु उत्तम मानिन्छ। र्
पुर्वान्ह्रे दैविकं श्राद्धमपरान्ह्रे तु पार्वणम् ।एकोदिष्टन्तु मध्यान्ह्रे प्रातर्वृद्धिनिमित्तिकम र्।

श्राद्धको मघा र चतुर्दशी
पितृपक्षको मघा नक्षत्र र चतुर्दशी तिथिमा श्राद्ध नगर्नृ भन्ने बिश्वास गरिन्छ । सोह्रश्राद्धको मघा नक्षत्र र चतुर्दशी तिथिमा श्राद्ध गरेमा पितृहरुले फल पाउदैनन् भन्ने बिश्वास गरिन्छ ।तर एकोद्धिश्ट श्राद्ध भने निश्चित तिथिमै गर्नृपर्ने हृनाले दोष लाग्दैन भनिएको छ ।

सोह्र श्राद्ध सामग्री

पितृकूल र मातृकूल गरी तिनं तिन पुस्तालाई पिण्ड दिईन्छ । चारवटा टपरी वा बोहतामा चामल राखेर कुशका ब्राह्रमण स्थापना गरिन्छ । जसलाई पितृब्राह्रमण र बिश्वदेव ब्राह्रमण भनिन्छ । कुशका ब्राह्रमण ब्राह्रमणका प्रतिक हुन् । पितृ ब्रह्रमणलाई अपसब्य र विश्वदेव ब्राह्रमणलाई सब्य भएर पूजा गरिन्छ । पितृब्राह्रमण र बिश्वदेव ब्राह्रमणका लागी दुईदुईवटा भोजन स्थापना गरिन्छ । पितृकूल र मातृकूलको लागी कर्मपात्रो,फूल,नैबेद्य,धूपबत्ति,आदि लगाएतका पूजा सामग्री छुट्टाछुट्टै प्रयोग गरिन्छ । दुबैको सड्गसड्गै पुजा भएपनि सब्य र अपसब्य भयर जल अचाउदै छुट्टाछुट्टै पुजा गर्नृ पर्छ ।

श्राद्धका नियमहरु

देवताहरु राम्रो भाबना वा बिचारले खुसी हुन्छन् तर पितृहरु शुद्ध बचन नै चाहन्छन् ।देबताहरुको पुजा गर्दा झुक्किएर अशुद्ध बचन प्रयोग गरियो भनेपनि माफी पाईनसक्छ तर पितृ कार्यमा अशुद्ध बचन प्रयोग गरियो भने आवाहन गरिएका पितृहरु पनि रिसाएर फर्कन पनि सक्छन् भन्ने भनाई छ । पितृपक्षमा पनि कपाल खौरने,नड् काट्ने शुद्ध बस्त्र धारण गर्ने,नित्य स्नान गर्ने,पक्षभरी सात्विक भोजन गर्ने,घरमा बिशेष पुजाआजा नगर्ने,देव मन्दिर नजाने गर्नूु नै बेश हुन्छ । पितृपक्षमा प्रतिपदादेखि अमावाश्य भित्र पितृ कूलका तिन पुस्ता भित्रको कुनै तिथिमा महालय श्राद्ध गरेमा पितृहरु खुसी हुन्छन् भन्ने धारना पाईन्छ ।

श्राद्धमा चढ्ने फूलहरु
पाती,भृड्गराज,तुलसी,हजारी,तिलपुष्प,साथै सेता फुलहरु

श्राद्धमा नचढ्ने फूलहरु

दूबो,बेलपत्र,मकदृल,केतकी,करबिर,बकूल र राता पुष्पहरु
श्राद्ध निर्णयश्राद्धबिघ्नसमुत्पन्ने अबिज्ञाने मुतेहनि,एकादश्यांतु कर्तब्य कृष्णपक्षे बिशेषत अर्थात तिथि थाहा नभएर वा कुनै कारणले छुटेमा एकादशीमा गर्नृ, जुठो,सुतकले रोकिएको श्राद्ध चोखिएपछि गर्नृ, एकोदिष्ट श्राद्ध पत्नी रजस्वला,गर्भिनी भए पनि गर्न हुन्छ तर सोह्रश्राद्ध सपत्निक नै गर्नुपर्छ ।पत्नी रजस्वला भए चोखिएपछि गर्नु गर्भिनी भए सीधा दान मात्र गरे हुन्छ ।

 

डम्वर गौतम

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्