राष्ट्रिय बालदिवस मनाउने तयारी तिब्र



सैघाली खबर
काठमाडौं , २१ भाद्र


प्रत्येक वर्ष भदौ २९ गते पर्ने राष्ट्रिय बालदिवस मनाउने तयारीलाई तिब्र पारिएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ भने प्रचारप्रसारका कार्यक्रमलाई पनि तिब्र पारिएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ ।

 

दिवसको यो वर्षको नारा ‘बालमैत्री शासन बालअधिकारको सम्मान’ भन्ने तय गरिएको छ । अबको स्थानीय तहले बालमैत्री शासन स्थापित हुने गरी काम गर्नुपर्छ भनेर यसवर्षको नारा यसैअनुसार तय गरिएको बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहका जनप्रतिधिहरुसँग बालदिवस मनाउने विषयमा छलफलहरु भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्