भारतकी वरिष्ठ पत्रकार गौरीको हत्या



सैघाली खबर
काठमाडौं , २१ भाद्र


भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थी विचारधाराकी आलोचक गौरीको बैंङ्लोरमा गोली हानी हत्या भएको हो । ५५ वर्षीया गौरी हिजो साँझ आफ्नो घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोटरसाइकलमा आएका व्यक्तिले उहाँको टाउको र छातीमा गोली हानेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘लंकेश’ पत्रिकाको सञ्चालक रहनु भएका गौरी ४० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आउनु भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्