पाकिस्तानमा डेगुका कारण १७ जनाको मृत्यु



सैघाली खबर
काठमाडौं , २१ भाद्र

 


पाकिस्तानको दक्षिण पश्चिम खैबर पाकथुङ्वा प्रान्तमा डेंगुका कारण १७ जनाको मृत्यु भएको छ । लामखुट्टको टोकाइबाट सर्ने भाइरस डेंगुका कारण ४ हजार २ सयभन्दा बढी प्रभावित भएका छन् ।

 

गत जुनदेखि पाकिस्तानमा डेंगुको महामारी फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । डेंगु संक्रमितहरु अहिले पाकिस्तानका विभिन्न अस्पतालमा उपचारार्थ भर्ना भएको अधिकारीहरुले जनाएका छन् । डेंगु प्रभावित ३ हजार ५ सय जना उपचारपछि घर फर्किसकेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्