४८ म्यानपावरको अनलाइन कारोबार रोक्का



–सैघाली खबर–

काठमाडौँ । वैदेशिक रोजगार विभागको नियम नमान्ने र अटेरी गर्ने म्यानपावर कम्पनीको कारोबार रोक्का भएको छ । विभिन्न बहानामा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ठगी गर्ने म्यानपावर खारेजी गरेको विभागले पछिल्लो पटक ४८ म्यानपावरको अनलाइन करोबार रोक्का गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको विभागले तोकिएको समयसिमाभित्र आफ्नो विवरण अध्यावधी नगर्ने म्यानपावर कम्पनीको वैदेशिक रोजगार विभागको सूचना प्रणालीमा अनलाइन कारोबार बन्द गराएको हो ।

पछिल्लो समय वैदेशिक रोजगार विभागमा नयाँ नेतृत्व आएपछि सुधारको काम तीव्र गतिमा अघि बढेको छ । विभागले अन्तिम पटकका लागि भन्दै जेठ ३ गतेसम्मको समय दिएको थियो । तर उक्तसमयसम्म पनि विवरण अध्यावधिक नगर्ने कम्पनीको कारोबार रोक्का गरिएको विभागले जनाएको छ ।

यी हुन् अनलाइन कारोबार गरिएका म्यानपावर कम्पनीः

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्