घरेलु हिंसा विरुद्धको सचेतना अभियान तिव्र बन्दै



सैघाली खबर
दाङ, २१ भदौ ।
जिल्लामा सञ्चालन भएको घरेलु हिंसा विरुद्धको सचेतना अभियान तीव्र रुपमा अगाडी बढेको छ । विभिन्न विद्यालय एवं गाँउगाँउसम्म पुगेर सचेतना कार्यक्रमलाई तीव्र पारिएको छ ।

यसैक्रममा मंगलवार नारायणपुरमा सचेतना कार्यक्रम भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० को सहयोगमा कार्यक्रम भएको हो । सामुदायीक प्रहरी सेवा केन्द्र दाङ, ईप्रका नारायणपुर र सर्वेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनाका कार्यक्रम भएको हो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले घरेलु हिंसाको विषयमा प्रशिक्षण दिनुभएको थियो । घरेलु हिंसा भनेको के हो, घरेलु हिंसा प्रकार, घरेलु हिंसा हुनुका कारण, समाधानका उपाय, कानुनी कारबाही लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष विष्णु पुनको अध्यक्षता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले घरेलु हिंसा न्यूनिकरणकालागि जिल्लामा सचेतना कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरेको बताउनुभयो । विशेष गरि घरेलु हिंसामा महिलाहरु पिडित हुने गरेकाले महिलाहरु सचेत हुुनुपर्ने बताउनुभयो ।

घोराही उपमहानगरपालिकाका ८, ९, १०, ११ र १२ नम्बर वडाहरुसँगको समन्वयमा भएको कार्यक्रममा सय बढिको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरु घोराही उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामीछाने, सहभागीहरु सरिता देवकोटा र रुक्मीना न्यौपानेले भनाई राख्नुभएको थियो । सर्वेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मञ्जु न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सामु्दायीक प्रहरी सेवा केन्द्र दाङका सचिव आर.के.शीतलले गर्नुभएको थियो ।

यसैबीच
घोराही उपमहानगरपालिका वडा नम्बर १६ को निमावि तेरौटे बाहुनडाँडामा पनि घरेलु हिंसा सम्वन्धी सचेतना कार्यक्रम भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी एवं अभिभावक सहभागी भएको कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष लक्षीणप्रसाद बुढाको पनि सहभागीता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्