दाङका एक मेडिकलका संचालक पक्राउ



काठमाडौँ । १८ महिने शिशुको उपचारमा लापरबाही गरेको अभियोगमा दाङका एक मेडिकलका संचालक पक्राउ परेका छन्। दाङको गढवा गाउँपालिका १ पुतली बजारमा युनिक मेडिकल हल सञ्चालन गर्दै आएका चेतराम चौधरी पक्राउ परेका हुन्।

पुतली बजारमा युनिक मेडिकल हल सञ्चालन गर्दै आएका चेतराम चौधरीलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ। अर्घाखाँची शितगंगा नगरपालिका निवासी सरिता कुमालका १८ महिने बालक शुसान्तको उपचारका क्रममा मृत्यु भएपछि मेडिकल संचालकलाई पक्राउ गरिएको प्रहरी प्रमुख गिरीराज भण्डारीले जानकारी दिए।

निमोनिया भएर उपचारको लागि मेडिकलमा गएका र संचालकको सल्लाह बमोजिम सुई लगाएपछि झन् सिकिस्त भएका बालकलाई भालुवाङ रेफर गरिएको थियो। त्यहाँबाट पनि रेफर गरी बुटवल लैजाने क्रममा बालकको बाटोमा नै मृत्यु भएको थियो।

बालकका आफन्तले दिएको उजुरीका आधारमा मेडिकल संचालकलाई पक्राउ गरेर अनुसन्धान शुरू गरेको गढवाका प्रहरी निरीक्षक भण्डारीले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्