राहत बितरण कार्यक्रम सम्पन्न



सैघाली खबर,
दाङ,२१ भदौ।

इसाई समाज दाङले लमहीनगरपालीका ९ अमेलिया र रिहारमा ५८ घर बाढी पिडीतलाई प्रतिघर एक , एक वटा सिरक, डसना,तन्ना सहयोग बापत बितरण गरेको छ।

दाङ जिल्ला ईसाइ समाजका अध्यक्ष शालीक राम शाहुको अध्यक्षता र लमही नगरपालीकाका मेयर कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा उक्त राहत बितरण कार्यक्रम भएको हो।

दाङ जिल्लामा रहेका बिभिन्न चर्चहरुबाट भेटी र सहयोग सकंलन गरी बाढीपिडीतहरुका लागी राहत बीतरण गरीएको हो।कार्यक्रममा समाजका सल्लाहकार जिबन गुरुङ, समाजका उपाध्यक्ष विन्दिया गुरुङ, पास्टर राम बहादुर पुन,पास्टर लीलबहादुर घर्ती, पास्टर बलविर सेर्पाइली लगाएतकाको सहभागीता रहेको थिायो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्