सत्य निरुपण तथा मेलमिलाप आयोग द्वारा काममा ढिला सुस्ती



शुसिल बस्नेत
दाङ,२१ भदौ।
कर्मचारीको अभावका कारण सत्य निरुपण तथा मेलमिलाप आयोग मुकाम कार्यालय तुलसीपुरको काममा ढिला सुस्ती भएको छ । प्रदेश नम्वर ५ स्तरीय मुकाम कार्यालय तुलसीपुरमा छानविनको काममा ढिलाई भएको हो ।
उच्च अदालतका कर्मचारीलाई मुकाम कार्यालयमा प्रयोग गरिएको छ ।

उनीहरुलाई दोहोरो कार्यालयको काम गर्नु परेकाले दुवै तर्पmको कार्य सम्पादनमा समेत समस्या भएको छ । जसका कारण माघ मसान्त सम्मको म्याद रहेको सत्यनिरुपण तथा मेलमिलाप आयोग मुकाम कार्यालय तुलसीपुरबाट कार्य सम्पादन समयाधि भित्र हुनेमा आशंका गरिएको छ ।

प्रदेश स्तरीय मुकामका लागि संयोजक १ सहन्याधिवक्ता, २ जना विज्ञ , उप सचिव १ जना , शाखा अधिकृत १ जना , लेखा १ जना नासु ४ जना, कम्प्युटर अपरेटर १ जना,१जना कार्यालय सहयोगीको ब्यबस्था गरिएको नायव सुब्बा गगनकुमार गौतमले जानकारी दिनुभयो ।

प्रदेश नम्वर ५ का १५ हजार उजुरी आयोगमा दर्ता भएका र त्यस मध्ये १ हजार ५ वटा उजुरीका फाईल आयोगको मुकाम तुलसीपुरमा गत जेठ २१ गतेका दिन हस्तान्तरण गरिएको थियो ।

दुई बर्षे कार्यकाल रहेको आयोगको १ बर्षको समय ऐन कानुन बनाउदा सम्म सकिएको र बाँकि १ बर्षको ३ ÷४ महिना प्रदेश स्तरीय आयोगको मुकाममा फाईल हस्तान्तरणको सिलसिलामा समय बितेको छ । २०७४ माघ मसान्त भित्रको समयावधिमा उजुरीको छानबिन,अनुसन्धान,पीडित पक्षलाई न्याय र परिपुरनका लागि सिफारीस गर्नुपर्ने छ । कर्मचारीको अभावका कारण अनुसन्धानको काममा ढिलाई भएको हो ।

द्धन्दपीडितहरुले समयमै पीडितलाई क्षतिपुर्ति र परिपुरन र पीडकलाई कारर्बाही गरिने पर्ने माग गर्दै आएका छन् । राज्य र बिद्रोही दुबै पक्षबाट पीडितहरुले न्याय पाएको अनुभूति गर्न पाउनुपर्ने द्धन्दपीडितहरुको भनाई छ । त्यहि आशा लिएर स्थानिय शान्ति समिति,राष्ट्रिय मानव अधिकार आयोग,सत्य निरुपण,मेलमिलाप तथा पेवत्ता सम्बन्धि आयोगले आह्वान गरेको समयसीमा भित्र उजुरी दिएको द्धन्दपीडित मध्येका एक जना सहदेव थारुले बताउनुभयो ।

दाङ जिल्लामा मात्र शसस्त्र द्धन्दका क्रममा राज्य र बिद्रोही पक्षबाट ६ सय २ जनाको हत्या भएको स्थानिय शान्ति समितिमा उजुरी आफ्न्तहरुबाट दर्ता भएको छ ।
१ सय ३६ जना बेपत्ता,२ सय ९० अपहरण ,३ सय ७ जना घाईते अपाङ,८ सय १४ जनाको सम्पत्ति क्षति,५ सय ४५ बिस्थापित, ५ जनाले आमा बाबु गुमाएको तथ्याक स्थानिय शान्ति समिति दाङले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्