उम्मेदवारी दर्ता उल्लासमय – निर्वाचन आयोग



सैघाली खबर,
काठमाण्डौ २१ भदौ।
प्रदेश नं २ नम्बरमा स्थानीय तह निर्वाचनका लागि भइरहेको उम्मेदवारी दर्ता उल्लासमय रहेको निर्वाचन आयोगले जनाएको छ।

२ नम्बर प्रदेश अन्तर्गत पर्ने ८ जिल्लाका १३६ वटै स्थानीय तहमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता भइरहेको आयोगले जनाएको छ। बिहान १० बजेदेखि आठ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूमा उम्मेदवारी मनोनयन दर्ता गराउन फाराम लिने तथा दर्ता गर्नेहरूको भीड लागेको छ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा आउने असोज २ गते निर्वाचन हुँदैछ।

यी स्थानीय तहका ६ हजार ६२७ पदका लागि आज उम्मेदवारी दर्ता भइरहेको हो। उम्मेदवारी दर्ता साँझ ५ बजेसम्म खुला रहने आयोगले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्