दाङमा बाढीले कृषिबालीमा ८ करोड २६ लाख बराबरको क्षती



सविता सुनार,
दाङ २१ भदौ ।।
दाङमा बाढीका कारण कृषिबालीमा ८ करोड २६ लाख बराबरको क्षती भएको छ । गएको साउन महिनाको अन्त्यतिर आएको बाढीले दाङ जील्लाको दंगिशरण गाउपालीकामा र तुलसीपुर उपमहानगपालीमा सबैभन्दा बढी क्षेती पुर्याएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । कार्यालयले दिएको जानकारी अनुसार १ हजार १ सय १५ हेक्टर जमीनमा लगाईएको धानबाली र मकैबाली पूर्ण रुपमा क्षती भएको हो । यसबाट १ हजार घरधुरीका किसानहरु प्रभाबित भएका छन् ।

त्यस्तैगरि उद्योगमा पनि धेरै क्षेती भएको जील्ला कुषि विकास कार्यालयका प्रमुख दिपक कुमार शर्माले जानकारी दिनु भयो । शर्माका अनुसार तुलसीपुरको मदननगरमा रहेको गंगामाला च्याउखेतीमा क्षेती हुदा २ लाख बराबराको नोक्सान भएको छ भने साविक त्रिपुर नगरपालीका बेलुवामा रहेको धर्मी कम्पोष्ट मल्ल उल्पादन कारखानामा क्षेती हुदा ५० लाख बराबरको क्षेती भएको छ । यस्तै दाङ जील्लामा रहेका ८ हेक्टर क्षेत्रफलमा गरिएको माछापालनमा बर्षाका कारण माछा पोखरी डुवानमा पर्दा ४० लाख बराबरको नोक्सान भएको शर्माले जानकारी दिनु भयो ।

उहाको अनुसार बबई गाउपालीका , राजपुर गाउपालीका , शान्तीनगर गाउपालीका , घोराही उपमहानगरपालीका र लमही नगरपालीमाका लागाईएको धानबाली र मकैबालीमा पनि क्षती पुगेको छ । जिल्ला कृषि विकास कार्यालयले अहिले सम्म कृषिमा भएको क्षतिको विवरण सङ्कलन गरेर कृषि मन्त्रालयमा पठाईसको छ । अझै अन्य ठाउँबाट थप विवरण आउने क्रम जारी रहेकाले क्षतिको मात्रा बढ्न सक्ने कार्यालयले जानकारी दिएको छ । कृषि विकास मन्त्रालयले पीडीत कीसानहरुका लागी राहातको प्याकेज घोषणा गरेको छ । बाढीका कारण धानबाली , मकैबालीमा क्षति भएको क्षेत्रका किसानलाई स्थानीय तहले विभिन्न सेवा सुविधा दिन सक्ने जिल्ला कृषि विकास कार्यालय दाङले जानकारी दिएको छ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्