प्रदेश ५

उम्मेदवारहरुले बुझाएनन् निर्वाचन खर्च

By थाहा अनलाइन

September 06, 2017

सैघाली खबर दाङ २१ , भदौ आसन्न असार १४ गते स्थानिय तहको निर्वाचन सम्पन्न भएको दुई महिना वितिसक्दा समेत उम्मेृद्वारहरुले निर्वाचन खर्च विवरण अझै बुझाएका छैनन । निर्वाचन सम्पन्न भएको दुई महिना वितसिक्दा समेत दाङका आठ सय बढीले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन भएको दुई महिना विती सक्दा पनि दाङका आठ सय ७२ जनाले निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

निर्वाचन ऐन अनुसार निर्वाचन उम्मेवार भएकाह?ले खर्च विवरण बुझाउनु पर्ने ब्यबस्था गरिएको छ । दोस्रो तहको स्थानीय तहको निर्वाचनमा दाङबाट दुई हजार तीन सय ८२ जना उम्मेदवार भएका थिए ।

हालसम्म जिल्ला निर्वाचन कार्यालय दाङले एक हजार पाँच सय १० जनाले खर्च विवरण बुझाएका छन् । खर्च विवरण नबुझाएका उम्मेदवारलाई निर्बाचन आयोगले जरिवाना तथा कारवाही गर्ने ब्यबस्था छ । यस्तै भविष्यमा हुने निर्वाचनमा उम्मेदवार बन्न अफ्ठेरो पर्ने जिल्ला निर्बाचन कार्यालय दाङका निर्वाचन अधिकारी विजयकुमार कार्कीले बताउनुभयो ।