चुनाबी अभियानमा जुट्नु भएका माओवादी केन्द्र घोराही उपमहानगरपालिका १६ का वडा. सदस्य पदका उम्मेदवार देउमन दमाई संग स्थानिय तहको निर्वाचन त्यसको तयारीका सम्पादकले गर्नुभएको संक्षिप्त कुराकानी
जेठ ३१ गते हुने स्थानिय तहको निर्वाचनमा तपाईको उम्मेदवार किन ?
सर्वहारा बर्गलाई अधिकार दिलाउँन मेरो मेरो उम्मेदवारी हो । खासमा हिजोदेखी दलित समुदायका मान्छे यो समाजको तल्लो दर्जाको मान्छे भएर बाचे र समाजको दमन शोषण संग लड्दै आए त्यसको आज अत्य भएको छ । नेपाली जनयुद्धले सर्वहारा जनताका छोराछोरीको चेतनाको विकास गरेको छ । त्यसकारण नयाँ संविधानले नेपालका गरिव,किसान,मजदुर, आदीवासी जनजाति, महिला, अपाङ , दलित सम्पुर्ण रुपमा भन्दा पछाडी पारिएको समुदायको अधिकार सुनिश्चित गर्नका लागि मैले उम्मेदवारी दिएको हु ।
तपाई र तपाईको पार्टी माओवादी केन्द्र चुनाव जित्ने आधारहरु के के हुन ?
नेकपा माओवादीको मुल एजेन्डा भनेको समावेसी,समानुपातिक एजेण्डा हो । त्यसलाई एमाले,काग्रेस सबैले छोड्दै गए । त्यसको मुल एजेण्डा टेकेर हाम्रो पार्टी संगठन विस्तार गर्दै अगाडी बढेको छ । त्यस क्रममा सगठन विस्तार देखि सदस्यता वितरण सम्मको कामलाई निरन्तरता दिएका छौ । त्यसकारण हामी गाउँ गाउँ,टोल टोलमा संगठन निर्माणको कामलाई तिव्रता दिएका छौ । जसका कारण प्रत्येक टोल टोलमा वाई सि.एल., किसान, दलित, महिला, मजदुर संगठन निर्माणमा जुटेका छौ । चुनाव जित्ने आधार भनेकै यि कुराहरु हुन त्यसकारण त्यसमा ध्यान दिए संगठन परिचालन गरियो भने हामी चुनाव जित्छौ भन्ने एउटा आधार हो । माओवादी पार्टी भनेको एमाले, काग्रेस जस्तो जाड रक्सी र पैसा वितरण गर्ने पार्टी होईन । माओवादीका कार्यकर्ता विचारमा विश्वास गर्ने कार्यकर्ता हो । त्यसकारण म चुनाव जितुला या न जितौला तर पार्टीको हित विपरित काम गर्दैनौ र हामीले चुनाव जित्छौ भन्ने पुर्ण विश्वासमा छौ ।
तपाई आफै दलित समुदायको प्रतिनिधी हो त्यसकारण दलितका पक्षमा खास के के एजेन्डा तयार गर्नु भएको छ ?
दलितका पक्षमा मेरा केही एजेण्डा छन् । पहिलो भनेको दलित समुदायको सबैभन्दा ठुलो समस्या भनेको गरिवी, दोश्रो शिक्षा ,तेश्रो जातीय विभेद तथा सामाजिक विभेद हो त्यसको अन्त्य गर्नु नै मेरो र मेरो पार्टीको मुख्य एजेण्डा हो । त्यसकारण समग्रमा भन्ने हो पढ्न नपाएका दलितहरुलाई पढ्न दिने, असहाय दलितलाई औषधी उपचार पाउँने मेरो मुख्य एजेण्डा हो ।
गाउँको विकासका लागि तपाई सगं कस्ता कस्ता एजेण्डा छन् ?
दाङमा अधिकासं खेतिपाती गर्ने मान्छेको बसोवास व्यापक मात्रामा रहेको हामीले देखेका छौ । त्यसमा झनै अधिकासं सर्वसाधारणहरु खेतिपाती गरेरै जिवीका पार्जन गर्दै आएको तपाई हामीलाई थाहैछ । त्यसकारण पछिल्लो समय दाङ जिल्ला विभिन्न औद्योगीक कारणले होस् या सिमेन्ट उद्योगका कारण खानेपानी सिचाईको अभावमा देखिएको छ । त्यसकारण मेरो पहिलो प्राथमिकता भनेको सिचाँईको समस्या समाधान गर्न हाईड्याम निर्माणको कामलाई समेत अगाडी बढाएका छौ । अहिले हामीले सेवार खोला देखि चिम्टैयाँ सम्म पक्की नहर समेत हामीले निर्माण गरेका छौ । त्यसलाई हामीले पूर्णता दिनका लागि हामी लागि परेका छौ । जनताको खेतवारीमा सिचाँई पु¥र्याउन दुधेसोतामा पक्की नहर निर्माण गर्ने योजना समेत अगाडी बढाएका छौ । त्यतिमात्र होईन घोराहीको साविक वडा. ९ वाहुन डाँडाँ पछाडी परेको छ । वाहुन डाँडाँमा रहेको सिर्जनशिल आधारभुत स्कुलाई प्लटु बनाउँने र अम्वापुरको स्कुललाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नका लागि हामी म लागेका छौ ।
अन्तमा सैघाली खवर मार्फत केही भन्नु छ ?
तपाईको यस पत्रिका मार्फत के भन्न चाहान्छु भने स्थानिय तहको निर्वाचन नेपाली जनताको अधिकार स्थापित गर्ने कुरा हो । जेठ ३१ गते हुने निर्वाचनले संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि एउटा आधार तयार गर्नेछ । २०÷ ३० बर्ष देखि रोकीएको विकास निर्माणको कामले गतिलिने छ । त्यसकारण जेठ ३१ गते हुने स्थानिय तहको निर्वाचनमा गोलाकार भित्रको हसियाँ हतौडामा मतदान गरी माओवादीलाई अमुल्य मतदान गरी बिजयी बनाउँन म सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछु ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।