हिम्मतीला गोपीराजलाई सहयोग गर्ने की !



‘यी हुन गोपीराज मिजार । उमेर ४० वर्ष । उचाई ३६ इन्च । तौल २५ किलो । शारीरिक अपांगता भएका गोपीराजको उचाई सानै भए पनि हिम्मत भने ठूलो छ ।

मिजार अर्थात कथित दलित जाती भएका कारण उनले भाडामा कोठासमेत नपाएको तितो अनुभव संगालेका छन् । जग्गा भाडामा लिएर गाउँलेको सहायताले छाप्रो बनाई बसिरहेका उनको टहरोले उज्यालो भने भेटेको छैन । न कोठामा बत्ती छ, न शौच गर्नका लागि शौचालय नै ।

गोपीराजको विवाह भइसक्यो । एउटा छोरा पनि छन् । छोरा अहिले ६ वर्षका भए । स्कुल जान्छन् ।
गोपीराजलाई समाज सेवा गर्न रुची ठूलो छ । आफूजस्तै होचा पुड्काहरुको लागि काम गर्ने धोको छ ।

हिम्मतिला उनको सानो जुत्ता चप्पलको पसल छ। जुत्ता चप्पल मर्मत गरेर श्रीमती, छोरा र आफ्नो गुजारा चलाएका छ्न्। उनी भन्छ्न्, ‘काम गरेर खानु पर्छ, मागेर होइन।’

सामान्य मर्मत पेशा गर्दै आएका गोपीराजलाई बास बस्ने टहरोको निकै आवस्यकता छ। अहिले बसिरहेको टहरोलाई महिनाको ३ हजार जग्गा भाडा तिर्दै आएका उनले मासिक फाईदा जति सबै भाडामा जाने गरेको गुनासो गरे ।

धनका धनी र मनका धनीहरुले यदि उहाँलाई सहयोग गर्न चाहानुहुन्छ भने कृपया उहाँलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म हो । सम्पर्क न. ९८२३३८००९६

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्