अन्तर्राष्ट्रिय

भारतमा मतगणनास्थलमै कांग्रेस नेताको मृत्यु

By थाहा अनलाइन

May 23, 2019

एजेन्सी । भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहदा मतगणनास्थलमा एक कांग्रेस नेताको हृदयघातका कारण ज्यान गएको छ । मतगणनाको अपडेट आउन थालेपछि सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भयो।

भारतीय सञ्चार माध्यम पञ्जाव केशरीकाअनुसार मतगणनाको अपडेट आउन थालेपछि उनको स्वास्थ्यमा खराबी आयो र त्यससँगै उनलाई हृदयघात भयो ।

उनलाई हतारहतार अस्पताल लगिएपनि ज्यान भने बच्न सकेन। बिहान आठ बजेदेखि जारी मतगणनामा सत्तारुढ भाजपा गठबन्धनले भारी अग्रता लिएको छ। मतपरिणाम आजै बेलुका आइपुग्नेछ।