नेसनल मेडिकलको सम्वन्धन खारेज



 

सैघाली खबर
काठमाण्डौ  ,२१ भदौ
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज भएको छ।

कलेज सञ्चालनका लागि मापदण्ड पूरारनभएको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयद्धारा गठित ३ सदस्यीय छानबिन समितिले कलेज अवैध रुपमा संचालन भइरहेको प्रतिवेदन त्रिवि कार्यकारी परिषदमा बुझाएपछि बुधबार दिउँसो त्रिविले काठमाडौं मेडिकल कलेजले पाएको अनुमति खारेज गरेको हो।

यसअघि आजै समितिले कलेजको अनुगमन गरेको थियो। जसबाट कलेज संचालनका लागि स्वास्थ्य मन्त्रालयबाट अनुमति समेत नलिएको पाइएको छानवीन समितिका संयोजक सहप्राध्यापक सनत देवकोटाले जानकारी दिएका थिए।

बुधबार बिहान काठमाडौंको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल अनुगमन गर्न पुगेका संयोजक देवकोटाले अस्पताल संचालनका लागि स्वास्थ्य मन्त्रालयको अनुमति समेत नलिएको पाइएको स्पष्ट पारेका थिए।

उनले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कुनै पनि प्रक्रिया पूरा समेत नभएकाले अस्पताल बैध रुपमा संचालन नभएको पुष्टि भएको प्रतिवेदन त्रिविमा बुझाएका थिए।

त्रिवि सभा तथा कार्यकारी परिषदले अस्पताल बैध रहेको वा नरहेको छानवीन गर्न देवकोटा नेतृत्वमा विश्वविद्यालयका डा। प्रशान्त भट्ट र परशुराम कोइराला सदस्य रहेको छानबिन समिति गठन गरेको थियो। समितिले गत शनिबारबाटै छानवीन प्रक्रिया थालेको थियो।

छानवीनका क्रममा स्वास्थ्य मन्त्रालयको समेत अनुमति नलिएको पाइएको छ । संयोजक देवकोटाले अस्पतालले अध्ययण, अध्यापनका लागि पनि त्रिभुवन विश्वविद्यालयबाट अनुमति लिएको नपाइएको पनि स्पष्ट पारेका छन्। अस्पतालमा स्वास्थ्य सेवा संचालन गर्न कुनै पनि अस्पतालले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । त्यसै गरी अस्पतालमा अध्ययण, अध्यापणको काम गर्न त्रिभुवन विश्वविद्यालयले तोकिदिएको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर नेशनल मेडिकल कलेजले दुवै प्रक्रिया पूरा नगरेको पाइएको समितिको निष्कर्ष छ ।

समितिले अस्पतालको स्थलगत अनुगमन गरि तयार पारेको प्रतिवेदन त्रिभुवन विश्वविद्यालय सभा तथा कार्यकारी परिषदलाई बुझाएको थियो। प्रतिवेदनले दिएको सुझावको आधारमा परिषदले नेशनल मेडिकल कलेजलाई कारबाही गर्दै उसलाई दिएको अनुमति खारेज गरेको हो।

त्रिविको निर्णय यस प्रकार छ । 


साभार ःसेतोपाटी

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्