बाख्रालाई पीपीआर विरुद्धको निशुल्क खोप



दाङ । बंगलाचुली गाउँपालिका पशुसेवा शाखाले पीपीआर विरुद्धको निशुल्क खोप लगाउने कार्य सुरु गरेको छ । पशुसेवा शाखाले अहिले सम्म बंगलाचुली गाउँपालिकाको वडा नं. १,२ र ७ मा पीपीआर विरुद्धको खोप लगाउने कार्य सम्पन्न गरेको नायव पशु स्वाथ्य प्राविधिक ध्रुव वस्नेतले जानकारी दिनु भयो । उहाँका अनुसार ८ सय ५० बाख्रा,खसी र बोकाहरुमा पीपीआर खोप लगाईएको छ । खसी,बोका,बाख्रा र भँेडा जातमा यो पीपीआर रोग लाग्ने गर्दछ । बोका,बाख्राहरुले सिगान छोड्ने,ज्वरो आउने,घाँस,पानी नखाने,र पातलो दीसा गर्ने गरेमा पीपीआर रोग लागेको भन्ने गरीन्छ ।

यसैगरी बंगलाचुली गाउँपालिकाको अन्य वडाहरुमा पनि पीपीआर खोप लगाउने कार्यक्रम जारी रहने पशु प्राविधिक गोविन्द नेपालीले जानकारी दिनुभयो । नेपाल सरकारले हरेक वर्ष यस्ता खालका खोप निशुल्क प्रदान गर्दै आएको र यस वर्ष बंगलाचुली गाउँपालकामा ९ हजार डोज भ्याक्सीन आएको उहाँले जानकारी दिनुभयो ।

यसैविच आफ्ना बोका,खसी ,बाख्राहरुलाई निशुल्क पीपीआर विरुद्धको भ्याक्सीन लगाउने कार्यक्रममा सहभागी भइ फाईदा लिनुहुन सबैलाई अनुरोध गरीइएको छ । भ्याक्सीन नलगाएका बाख्रहरुलाई पीपीआर रोग लागेमा मर्ने सम्भावना धेरै हुने हुदा यसतर्फ बेलैमा सजग हुने सबैलाई अनुरोध गरीइको छ ।

खोप अभियानमा पशु प्रावीधिक गोविन्द नेपाली,नायव पशु स्वाथ्य प्रावीधिक ध्रुव वस्नेत,सेर बहादुर बस्नेत र नारायण वि.क सहभागी रहनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्