पत्रकार बस्नेतका श्रीमान बर्माको मृत्युबारे निष्पक्ष छानविनको माग गर्दै पत्रकार महासंघ दाङको टोली बाकेमा



 

सैघाली खबर
बाके,२१ भदौ । नेपाल पत्रकार महासंघ दाङका सदस्य एवं रेडियो स्वर्गद्धारीमा कार्यरत पार्वति बस्नेतको श्रीमान प्रमोद बर्माको रहस्यमय मृत्युबारे निष्पक्ष छान विनका लागि दबाब दिन नेपाल पत्रकार महासंघको टोली आज बाँके पुगेको छ । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको नेतृत्वमा रहेको टोलीले ईलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेर बर्माको रहस्यमय मृत्युबारे निष्पक्ष छानविनका लागि अनुरोध गरेको छ ।त्यस अवसरमा बर्माको श्रीमति पत्रकार पार्वति बस्नेतले आफ्नो श्रीमानको मृत्यु आत्महत्या नभई हत्या नै भएको भन्दै निष्पक्ष छानविन भएर आफूले उचित न्याय पाउनुपर्ने बताउनुभयो । हत्या भएको प्रशस्त प्रमाण हुदाहुदै पनि अनुसन्धानमा ढिलाई भएको भन्दै उहाँले हत्यारालाई कडा कारबाही गर्न माग गर्नुभयो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले बर्माको रहस्यमय मृत्युको घटनालाई विशेष प्राथमिकतामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो ।

उहाँले बर्माको मृत्युबारे सुक्ष्म रुपमा अनुसन्धान भईरहेको भन्दै मृत्युका विषयमा निष्पक्ष छानविन भईरहेको बताउनुभयो । प्रहरी अनुसन्धानको क्रममै भएकाले धैर्य गर्न घरपरिवारलाई अनुरोध गर्दै हत्या भएको पुष्टी भएमा पिडीतले उचित न्याय पाउने र अपराधीलाई कानुनी सजाय हुनेमा ढुक्क हुन आग्रह पनि गर्नुभयो । घटनालाई हत्याको दृष्टिले प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानका क्रममा २ जनालाई नियन्त्रणमा लिएर १४ दिनदेखी थुनामा राखेको पनि डिएसपी भट्टराईले जानकारी दिनुभयो ।नेपाल बैंक लिमिटेड बर्दिका प्रवन्धक प्रमोद बर्मा साउन २१ गतेदेखी वेपत्ता रहेकोमा साउन २३ गते बाँकेको अगैया जंगलमा शव फेला परेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्