फेदाप गाउँ पालिकामा दुई दिने नागरिकता बितरण सिबिर सुरु



इन्द्र नेपाली तेह्रथुम जिल्ला प्रशासनको कार्यालय तेह्रथुमको आयोजनामा फेदाप गाउँपालिकाको केन्द्र सिम्लेको औसि बाजरमा दुईदिने नागरिकता बितरण शिबिर आजबाट सुरु भएको छ।

जिल्ला प्रशासनको कार्यालय तेह्रथुमले स्थानीय नागरिकको घरमै पुगेर जिल्ला प्रसासनको कार्यालय तेह्रथुमद्वारा प्रदान गरिने सेवाको पहुँच भन्दा टाढा रहेका नागरिकलाइ घुम्ती सिबिरमार्फत सेवा दिने उदेश्यका सिबिरको आयोजना गरिएको साहयक प्रमुख जिल्ला अधिकार भत्त बहादुर खड्काले बताउनु भएको छ।

आज बिहान दस बजेबाट सुरु गरिएको शिबिरमा फेदाप पालिका २ ओयाक्जुगका ९३ बर्सिय सन्चमाया लिम्बुलाई पहिलो पल्ट नागरिकता बितरण गरिएको छ।नागरिकता १९८३ जन्म मिति उल्लेख भएको लिम्बूले वृद्ध उमेरमा नागरिकता प्राप्त गर्दा आफुलाइ खुसीलागेको बताउनु भएको छ।लिम्बू भासा मात्रै बोल्न जान्ने लिम्बूले अब राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भता पाउने भएको कारण आफुलाइ अन्यान्तै खुसी भएको बताउनु भएको छ।

सिबिरमा जिल्ला प्रसासनको कार्यालय तेह्रथुम द्वारा प्रदान गरिने सेवाहरु नागरिकता,नाबालक परिचयपत्र ,आदिवासी जनजाति ,दलित प्रमाणित सिफारिस ,जिल्ला निर्वाचनको कार्यालयद्वारा मतदाता नामवली संकलन ,अध्यवधिक जस्ता सेवा नागरिकलाई प्रदान गरिने जिल्ला प्रसासनको कार्यालय तेह्रथुमले जनाएको छ।

आज सिबिरको पहिलो दिन ४५नागरिकता र ४५मतदातानामवली संकलनको सेवा लिएका नागरिकता बितरण सिबिरका संयोजक तथा साहयक प्रमुख जिल्ला अधिकारी भत्त बहादुर खड्काले जानकारी दिनुभएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्