सल्यान गेट निर्माण कार्य शुरु



सैघाली खबर
सल्यान  ,२२ भाद्र

दाङ सल्यानको सिमानामा हिजोदेखि सल्यान गेट (प्रवेशद्वार) निर्माण कार्य शुरु भएको छ । सल्यान जिल्लाका सक्रिय युवाहरुको सक्रियतामा गेट निर्माण कार्य शुरु भएको हो । गेटमा सल्यानको मौलिक कला संस्कृति र सम्पदा झल्किने खालका कलाकृतिको निर्माण गरिने गेट निर्माण अभियानका युवा ध्रुवराज ओलीले बताउनुभयो । सल्यानको मौलिक कला संस्कृति र सम्पदा झल्किने खालको गेट बनाइने अर्का अभियन्ता संगम विहानीले बताउनुभयो । युवा अभियन्ताहरुले गेट निर्माण कार्यमा सहयोग गर्न सबैलाई आग्रह पनि गरेका छन् ।सहयोग गर्न चाहने इच्छुकहरुले ९८४९९६९५४३ र ९८१०३५८६०९ मा सम्पर्क गर्न सक्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्