खेलकुद

दक्षिण अफ्रिका र सेनेगलबीचको विश्वकप फुटबल छनोट खेल फेरि हुने

By थाहा अनलाइन

September 07, 2017

सैघाली खबर काठमाडौं,२२ भाद्र

दक्षिण अफ्रिका र सेनेगलबीचको विश्वकप फुटबल छनोट खेल फेरि हुने भएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले दक्षिण अफ्रिका र सेनेगलबीचको छनोट खेलका रेफ्रीमाथि आजीवन प्रतिबन्ध समेत लगाएको छ ।रेफ्रीले गलत निर्णय गरेको भन्दै यी दुई देशबीचको खेल फेरि हुने भएको हो । खेल प्रभावित पारेको आरोपमा फिफाले घानाका रेफ्री जोसेफ लाम्पटीमाथि आजीवन प्रतिबन्ध लगाएको हो ।गत नोभेम्बरमा भएको खेलमा रेफ्री लाम्पटीले दक्षिण अफ्रिकालाई नियतवश पेनाल्टी दिएका थिए ।यही पेनाल्टीको मद्दतले दक्षिण अफ्रिका २–१ ले विजयी भएको थियो ।दिनु नपर्ने पेनाल्टी दिएको भन्दै फिफाले लाम्पटीमाथि प्रतिबन्ध लगाएको हो ।