निजामती सेवा पुरस्कार विश्वकर्मा लाई

सैघाली खबर
दाङ २२ , भदौ
सरकारले महिला तथा बालबालिका कार्यालय दाङमा कार्यरत महिला विकास अधिकृत मोतिकुमारी विश्वकर्मालाई निजामती सेवा पुरस्कार प्रदान गरेको छ । निजामती सेवा दिवसको अबसरमा सरकारले महिला विकास अधिकृत विश्वकर्मालाई निजामती सेवा पुरस्कार प्रदान गरेको हो ।

अनुशासित, मेहनती, लगनशिल, कार्य सम्पादनमा अब्बल र जिम्मेवारी निभाउन सक्षमताका आधारमा यही भदौ १९ गते बसेको मन्त्रि परिषद्को बैठकबाट विश्वकर्मालाई पुरस्कार दिने सरकारले निर्णय गरेको हो ।

२०४६ सालमा महिला कार्यकर्ताकोरुपमा अस्थायी जागिर सुरु गर्नुभएका विश्वकर्मा २०६६ सालमा स्थायी भएकी हुन । २०७३ सालमा महिला विकास अधिकृतमा बढुवा भएको थियो ।

निजामती सेवा दिवसको अबसरमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पुरस्कृत विश्वकर्मालाई बधाई दिदै थप लगनशिल र मेहनती भएर जनताको काममा खट्न आग्रह गरेका छन् । यसबर्ष सरकारले १० जनालाई उत्कृष्ट निजमाती पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्