‘ कार्यालय खुल्लै ,सेवा बन्द ’



गिरिराज नेपाली
दाङ २२ , भदौ
नेपाल दुर सञ्चार शाखा कार्यालय घोराही खुल्ला रहे पनि अत्यावश्यक सेवा भने बन्द गरेको छ । नेपाल सरकार सुचना तथा संंञ्चार मन्त्रालय गत साउन १ गते देखी लागु हुने गरी दुर संञ्चार कार्यालय घोराही सम्पुर्ण अख्तियारी दुर सञ्चार कार्यालय तुलसीपुरमा समायोजन गरे संगै घोराही दुर संञ्चार कार्यालय घोराही अन्यौलतामा परेको छ । कार्यालय खुल्दै राखे पनि कार्यालयले नियमित बिल भुक्तानी सेवा वाहेक अन्य सम्पुर्ण प्रशासनिक सेवा बन्द गरेको कार्यालयका प्रमुख सन्तोष शर्माले वताए ।

कार्यालयको प्रशासनिक सेवा वन्द हुदा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको शर्माले वताए । कर्मचारीहरु पनि अन्यौलमा परेका छन । शर्माले भने – कार्यालय खुल्लै रहे पनि सेवा वन्द गर्नु परेको छ ’ जसका कारण सेवाग्राहीले निकै सास्ती खेप्नु परेको छ । सुचारु रहेका सेवामा थप सेवा वढाई सेवाग्राही लाई दिनुपर्ने समयमा , सुचारु रहेका सेवा पनि वन्द हुदा सेवाग्राही लाई सकस परेको छ । नेपाल सरकारले नितिगत व्यावस्था पास गरी यो निर्णय गरेकाले जनताको सेवा विपरितको निर्णय रहेको उनले ठहर गरे । शर्माले भने – तत्कालका लागि सवै सेवा वन्द भएका छन । सामान्य कामहरु चलेका छन । सानो –सानो कामको लागि पनि झन्झट व्याहोर्नु परेको छ । भालुवाङ , लमही र प्युठान सेवाग्राही लाई सामान्य तिरोतिर्न देखी , धरौती फुकुवा गर्न समेत तुलसीपुर पुग्नु परेको छ । जसका कारण सेवाग्राहीले धेरै सकस खेप्नु परेको उनले वताए ।

अव देखी घोराही लगाएत पुर्वी दाङका सेवाग्राहीले फोनमा सामान्य खरावी आए पनि तुरुन्तै सेवा पाउने सक्ने छैनन । दुर सञ्चार कार्यालय घोराहीको लेखा प्रशासनिक फाँट सहित अन्य फाँट तुलसीपुर दुर सञ्चार गाँभिए संगै दुर सञ्चार कार्याल घोराही सरुवा हुदा घोराहीले दुर सञ्चार कार्यालयले महत्वपुर्ण सेवा र कामका सुचारु गर्न नसक्ने जनाएको छ । कार्यालय खुल्ला रहे पनि आवश्यक सेवा पु¥याउन अख्तियारी नभएकाले कार्यालय अन्यौलतामा परेको उनले वताए ।
शर्माले भने सामान्य नयाँ फोन जोड्नका लागि भए , फोन बन्द गर्न पनि , मर्मत सम्भारका लागि , उपकरण खरिदका लागि सवै कामका लागि अव दुर सञ्चार कार्यालय तुलसीपुरको अख्तियारी लिनु पर्ने छ । कतै फोनको तार कटेमा पनि मर्मतका लागि तुलसीपुरले अख्तिायारी दिएमा मात्रै जनशत्ति वन्दोवस्त गरी मर्मत गर्नु पर्ने देखिएको उनले वताए । बिल लिन र काट्ने वाहेकको अन्य अख्तियारी सवै तुलसीपुर पुगेकाले दुर सञ्चार कार्यालय अधिकार विमुख भएको उनले वताए । शर्माले दुर सञ्चार कार्यालय घोराहीले नारायणपुर , घोराही , लमही , भालुवाङ र प्युठानमा सेवा पु¥याउदै आएको थियो ।भने हाल ति सवै स्थानका सेवा वन्द गरेको जनाएको छ ।

त्यस्तै घोराही उप–महानगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले आवश्यक सेवा मध्ये सञ्चार सेवा लाई राज्यले खुम्चाउन खोज्दा पुर्वी दाङवासीमा सरकारले अन्याय गरेको गुनासो गरे । उनले भने घोराहीमा नभएको सेवा तुलसीपुरमा खोल्न सकिन्थ्यो । तुलसीपुरमा नभएको सेवा घोराहीमा सुचारु गर्न सकिन्थ्यो । तर एकाएक घोराहीको अख्तिायारी तुलसीपुरमा पु¥याईदा घोराही वासीहरु अधिकार खोसिएको उनले वताए । दुवै ठाँउ वाट समान रुपमा सेवा वितरण गर्न सकिन्थ्यो होला ? तर सरकारको एकाधिकार निर्णयले जनतामा मारमा परेको गुनासो गर्दै उनले भने – यो निर्णय प्रतिको नागरिकहरुको निरासता फैलाएको छ । ’ तत्काल फेरवदल भएमा नागरिकहरुले अधिकार समानताको अनुभुती गर्न सक्ने उनले वताए ।

त्यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्य वहाक अध्यक्ष टंक सिंह वुढाथोकीले घोराहीमा भएको दुर सञ्चार कार्यालय एकाएक तुलसीपुर सरुवा हुदा त्यसके प्रत्यक्ष मारमा व्यापार र व्यापारी माथि परेको गुनासो गरेका छन । प्रादेशिक राजधानी संरचना उन्मुखका हिसावले तुलसीपुर स्थायित्व वन्दै गए पनि घोराहीमा रहेको कार्यालय तुलसीपुरमा सरुवा हुदा घोराही माथि अन्याय भएको उनले दावी गरे । उनले भने कार्यालय खुल्लै छ । तर खुल्ला कार्यालयमा वन्द सेवा हुदा व्यापारीहरु सगै सवै नागरिकमा सेवाको चपेटामा परेको उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्