मातृशिशु मृत्युदर शुन्यमा झारिनेछ ः मेयर पाण्डे



सैघाली खबर
दाङ , २३ भाद्र

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले मातृशिशु मृत्युदर शुन्यमा झार्नका लागि विशेष कार्यक्रम ल्याईएको वताउनु भएको छ । उहाँले आमा र वच्चाको स्वास्थ्यलाइ लक्षित गरेर उप महानगरपालिकाले सुत्केरी भत्ताको शभारम्भ गरेको समेत वताउनु भयो । ‘हामीले केही दिन भित्रै विशेष कार्यक्रमको आयोजना गरेर सुत्केरी भत्ता वितरण गर्नेछौ ’ उहाँले वताउनु भयो । व्याकवार्ड सोसाइटी एजुकेशन वेसले आयोजना गरेको एकिकृत पोषण सम्वन्धि जनप्रतिनिधिहरुलाई अभिमुखिकरण तथा अन्तक्र्रियात्मक कार्यक्रममा प्रमुख अतिथिको रुपमा वोल्दै मेयर पाण्डेले खानैपर्ने आहारा मात्रै भन्दा पनि खान नहुने कुरामा वारेमा पनि जानकारी दिनुपर्ने वताउदै उपयुक्त आहारा, सकारात्मक विचार र असल व्यवहारले मात्रै गर्भवतिको स्वास्थ्यका सकारात्मक प्रभाव पर्ने वताउनु भएको थियो ।
वेसका कार्यवाहक अध्यक्ष यज्ञराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सुआहारा जिल्ला प्राविधिक अधिकृत आनन्द कर्ण र अनुषा केसीले कार्यक्रमको उद्देश्यका वारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पोषणको अवस्था, अवधारणा र एकिकृत पोषण, पोषणको अन्र्तराष्ट्रिय र राष्ट्रिय अवस्था वारेमा जानकारी लगायतका वारेमा जानकारी गराइएको थियो ।
वरिष्ठ अहेव वसन्त कुमार आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विष्णुकुमार गिरीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्