आज शिक्षा तथा विश्व साक्षरता दिवस



सैघादी खबर
काठमाडौं, २३ भाद्र

आज सेप्टेम्बर ८, अर्थात विश्व साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइदैँछ । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेसँग विश्व साक्षरता दिवस मनाउन थालिएको हो । ५१ औं साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा क्षेत्रमा क्रियाशील बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको आयोजनामा राजधानी लगायत मुलुकभर बिभिन्न कार्यक्रम तय गरिएको छ । यद्यपी शिक्षा मन्त्रालयले आज उत्कृष्ट बिद्यालयहरूलाई पुरस्कार वितरण गर्ने पूर्व निर्धारित कार्यक्रम भने स्थगित गरिएको छ ।

पाटन उच्च अदालतलसम्पूर्ण पुरस्कार हाललाई नदिन अन्तरिम आदेस जारी गरेपछि कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिनुभयो । शिक्षा दिवसमा वितरण गरिने पुरस्कार रोकिएको यो पहिलोपटक हो । उत्कृष्ट माध्यमिक विद्यालय पुरस्कार छनोटप्रति आपत्ति जनाउँदै प्रसादी एकेडेमीले दायर गरेको रीटमा अदालतले यस्तो आदेश जारी गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्