काठमाडौँ।नेपाल बार एशोसिएशनले देशभर भएका बम विस्फोट घटनाका दोषीलाई कानूनी कारवाही गर्न सरकारसँग माग गरेको छ । बारका महासचिव लीलामणि पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा देशभर हिंसात्मक घटना गराई आम नागरिकमा भय, त्रासको वातावरणको सिर्जना भएको हुँदा दोषीलाई कारवाही गरी शान्तिपूर्ण रुपमा बाँच्न पाउने संविधान प्रदत्त मौलिक हकको सुरक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।
मुलुकमा जघन्य अपराध, हत्या, हिंसाका घटनाबाट नागरिकको जीउधन, सम्पतिमा व्यापक क्षति भएको खबरले अत्यन्तै दुखित तुल्याएको तथा बम विस्फोटबाट चार जनाको मृत्यु र केही व्यक्ति घाइते भएको हुँदा भविष्यमा यस्ता घटना हुन नदिने प्रबन्ध मिलाउन विज्ञप्तिमा माग गरिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।