विश्व फिजियोथेरापी दिवस



सैघादी खबर
काठमाडौं, २३ भाद्र

आज विश्व फिजियोथेरापी दिवस बिभिन्न कार्यक्रमकासाथ मनाइदैछ । हरेक बर्षको सेप्टेम्बर ८ मा बिश्व फिजियोथेरापी दिवस बिभिन्न कार्यक्रम गरेर मनाइन्छ्र । बिभिन्न मांशपेशीजन्य समस्या, हाडको समस्यालाई गतिशीलताको दक्षता र अभ्यासवाट बिमुख गर्न फिजियोथेरापी गरिन्छ । सन् १८१३ मा स्वीस जिम्न्यास्ट हेनरिक लिगं ले रोयल ईन्सटिट्यूट अफ जिम्न्यास्ट खोलेर यसको सुरुवात गरेका थिए ।

त्यसपछि सन् १८९४ मा बेलायत मा चार्टड सोसाईटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भनें फिजियोथेरापीको प्रथम कलेज भनें अमेरिकाको वासिंगटनमा वाल्टर रीड आर्मी अस्पतालमा भएको हो । प्रथम बिश्वयूद्ध ताका यस अस्पतालमा फिजियोथेरापी शाखाको शुरुवात भएको हो । नेपालमा भने सन् १९८३ मा आईओएमले फिजियोथेरापीलाई एसएलसी पछिको ३० महिने कोर्सका रुपमा औपचारीक मान्यता दिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्