एसीसी यु–१९ क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्दै



सैघादी खबर
काठमाडौं, २३ भाद्र

एसीसी यु–१९ क्रिकेटप्रतियोगिता खेल्न नेपालको युवा टोली मलेसिया प्रस्थान गर्दैछ ।मलेसियामा हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित नेपाली टोली आज त्यसतर्फ जान लागेको हो । यसपटक १९ वर्ष मुनिको नेपाली राष्ट्रिय टोलीको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दैहुनुहुन्छ । उमेर समूहको यो टोलीमा सन्दिप जोरा, नन्दन यादव, सुमित महर्जन र विक्रमकुमार भूसालले पहिलो पटक स्थान बनाउनु भएको छ ।

नेपाली टोलीको प्रशिक्षण बिनोद दासले सम्हाल्नु भएको छ । प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, थाइल्यान्ड र भुटान छन् । समूह ’बी’मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् । फाइनलमा पुग्ने दुई टोली एसीसी यूथ नाईन्टिन एसिया कप क्रिकेटमा छनौट हुनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्