अब चितवनबाटै निर्वाचन लड्छु -प्रचण्ड



सैघाली खबर,
चितवन,२३ भदौ, । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न संघीय संसदको चुनाव चितवनबाट लड्ने घोषणा गरेका छन् ।
प्रचण्डले चितवनको कुन क्षेत्रबाट लड्ने तय हुन बाँकी रहेको बताए । प्रेस सेन्टरले शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय पार्टी कमिटीसँग छलफल गरेर कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने तय गर्ने बताए ।देश र संसदको चुनाव मंसिर १० र २१ मा गर्ने निर्णय भइसकेको छ र चितवनमा तीन वटा निर्वाचन क्षेत्र बनेको छ ।

प्रचण्डले ०६४ को चुनावमा काठमाडौं र रोल्पा दुबै ठाउँबाट चुनाव जिते । दोस्रो संविधानसभामा सिरहाबाट जिते पनि उनी काठमाडौं १० मा पराजित भए ।
अब दुई क्षेत्रमा चुनाव लड्न पाइँदैन । प्रचण्डले दुई पटक चुनाव लड्को काठमाडौं छाडेर चितवन रोजेका छन्, जहाँको महानगरपालिका भरतपुरको मेयरमा उनकी छोरी रेणु दाहाल निर्वाचित भएकी छन् ।

‘यसअघि जनयुद्धको उद्गमस्थल रोल्पा र राजधानी काठमाडौंलाई जोडने त्यहाँबाट निर्वाचन लडेँ’ माओवादी अध्यक्ष प्रचण्डले भने, ‘म मधेसका जनताको पनि जनप्रतिनिधि भएँ, अब चितवनबाटै निर्वाचन लड्छु ।’

जिल्लाको विकासका लागि पूर्वाधार निर्माणमा आफ्नो प्राथमिकतामा रहेको उनले बताए । नारायणी र राप्ती नदीलाई जोडेर रिङरोड बनाउने तथा बिदेशी विकसित शहरहरुसँग भरतपुरलाई जोड्ने उनले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्