गगन थापा र विश्वप्रकाश शर्माबीच कार्यक्रममै भनाभन



सैघाली खबर–
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली दुई युवा नेताबीच पार्टी नेतृत्वको विषयलाई लिएर सार्वजनिक कार्यक्रममै भनाभन भयो । उनीहरुले नेतृत्वको कार्यशैलीलाई लिएर एक आपसमा घोचपेच गरे । नेपाल प्रेस युनियनको २८ औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा दुई नेताविच अहिलेको नेतृत्वले कम्युनिष्ट सरकारविरुद्ध लड्न सक्छ वा सक्दैन भनेर बहस गरेका हुन् ।

केन्द्रीय सदस्य गगन थापाले अहिलेकै नेतृत्वबाट पार्टीमा जागरण नआउने बताएपछि प्रवक्ता विश्वप्रकाश शर्माले अहिल्यै नेतृत्व परिवर्तनको बेला नभएको भन्दै सभापति शेरबहादुर देउवाको बचाउ गरे ।

नेता थापाले केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको कम्युनिस्ट सरकारसँग लड्न अहिलेकै नेतृत्वले नसक्ने जिकिर गरे । सरकारसँग लड्ने तागत अहिले देउवासँग नभएको उनको भनाई थियो ।

उनले भने, ‘हामी देशैभर जागरण अभियानमा छौं । देश संघीयतामा गइसक्दा पनि पार्टीले जिल्ला चिन्छ, पूर्व गाविस अध्यक्ष चिन्छ। प्रदेश चिन्दैन, गाउँपालिका चिन्दैन। अनि कसरी हुन्छ जागरण रु’ संगठन निर्माणका लागि अधिवेशनको खाँचो हुने नेता थापाको भनाई थियो ।

‘शीर्ष नेतालाई सम्मान छ। तपाईं सम्मानित हुनुहुन्छ तर तपाईं अब थाक्नुभयो, विश्राम गर्नुहोस् भनेर भन्ने कि नभन्ने रु’ उनले थपे, ‘विचारमा क्रान्ति गर्नुपर्ने बेला आएको छ। संगठन चुस्त दुरुस्त पनि राख्नुपर्नेछ।’

गगन थापाको भनाई सुनेपछि बोल्ने पालो पाएका कांग्रेस प्रवक्ता शर्माले पार्टीलाई नवीन ढंगले रूपान्तरण गर्न जागरण अभियानले सघाउने दाबी गरे ।

उनले भने, ‘जेठ १४ गते रूपान्तरण थालेर १५ गते नै कांग्रेस रूपान्तरण हुन्छ भन्ने कारुण कल्पनामा म जान चाहन्न। यो क्रमशः हुने विषय हो ।’

उनले नेता थापालाई एक उदाहरण दिँदै भने, ‘कोही बिरामी भयो भने अपरेसन थिएटरभित्र लैजानुअघि औषधि खुवाइन्छ, त्यो औषधि अहिले देशैभर चलिराखेको जागरण हो।’

जागरण अभियान गाउँदेखि केन्द्रसम्म संवादका लागि भएको उनको भनाइ थियो। ‘गाउँगाउँ जाँदा कांग्रेसले संवाद गर्नुपर्छ । केन्द्रदेखि गाउँ तहसम्मै नेताहरू रूपान्तरण हुन जरुरी छ,’ शर्माको भनाई थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्