शान्तिनगर गाउपालीकाको कुल बजेट २५ करोड



सैघाली खबर,
दाङ,२३ भदौ।
शान्तिनगर गाउपालीकाको आर्थीक बर्ष ०७४,७५ का नीती तथा कार्यक्रम सञ्चालनका लागी २५ करोड ९२ लाख ३९ हजार ९ सय २० रुपैया बजेट ल्याएको छ। गाउपालीकाको पहिलो अधिबेशनको गाउसभामा गाउपालीकाका उपप्रमुख मिथिला शाहले गाउपालीकामा उक्त बजेट प्रशताब गर्नु भएको हो।

शाहले प्रशताब गरेको उब्त बजेटमा प्रशासनिक तर्फ ११ दशमलब ६७ प्रबिशत अर्थात २ करोड ९२ लाख ८० हजार र पुजीगत तथा सस्थांगत बिकासमा २२ करोड ४१ लाख ५९ हजार रुपैया रहेको छ।

प्रस्ताबित बजेटमा कुल अनुदान बजेट ७ करोड २ लाख ५५ हजार,स्वास्थ्यतर्फ एक करोड २ लाख ९३ हजार, शिक्षा तर्फ ५ करोड ८७ लाख ६ हजार,पशुतर्फ २ लाख ९६ हजार, कृषितर्फ ९ लाख ९६ हजार विनियोजन गरीएको छ।

पुजीगत तथा अन्य लक्षित कार्यक्रमका लागी १५ करोड ३९ लाख ४ हजार ९ सय रुपैया बजेट विनियोजन गरीएको छ। जुन कुल बजेटको ६० दशमलब ७२ प्रतिशत रहेको गाउपालीकाले जनाएको छ।

बजेटले गाउपालीकाको महत्बकाक्षीं योजनामा जुम्लेकुलादेखि खैरेनि सम्मको सडक स्तर उन्नितीका लागी ३ करोड २६ लाख पाच हजार बजेट विनियोजन गरेको छ।
गाउपालीकाका अध्यक्ष कमानसिङ डागीको अध्यक्षतामा भएको गाउसभाको सहजीकरण कार्यकारी अधिकृत भिष्मकुमार मल्ले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्