रोटरी क्लब द्वारा बोर्ड हस्तान्तरण



सैघाली खबर,
दाङ, २३ भदौ।
रोटरी क्लब अफ तुलसीपुर सिटीले जिबन उपयोगी नारा लेखिएको बोर्ड रोटरी इमेज अन्तर्गत क्लबले तुलसीपुरमा रहेको महेन्द्र माध्यामिक बिद्यालयलाइ हस्तान्तरण गरेको छ।

रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष तुफान बाबु श्रेष्ठ र पर्ब अध्यक्ष अनुपकुमार श्रेष्ठले बिद्यालयका प्रार्चाय जित बहादुर थापालाई बोर्ड हस्तान्तरण गर्नु भएको हो।कार्यक्रममा रोडरी डिष्ट्रिक ३२९२ का असिसटेन्ट गर्भरनर कुशल तर्तालले करीब सय बढी बिद्यार्थी सहभागी कार्यक्रममा रोटरीले विश्वमै शिक्षा,स्वास्थ्य ,वाताबरण लगाएत सम्पुर्ण पक्षमा मह्त्वपुर्ण भुमीका खेलेको बताउनु भयो।

कार्यक्रममा कल्बका अध्यक्ष तुफान बाबु श्रेष्ठले सफल्ता प्राप्तिका लागी कुनेै कुरा सोचेर भन्दा त्यसलाई प्रयोगात्मक रुपमा गरेर हेर्दा फलदायी हुने बिचार ब्यक्त गर्नु भयो।

कार्यक्रममा प्रार्चय थापाले रोटरीले समाजको बिकासका लागी मह्त्वपुर्ण भुमिका खेलेको र आगामी दिनमा पनि यस्तै अपेक्षा गरेको बताउनु भयो। पुर्ब अध्यक्ष धर्बेन्द्र वैश्यको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन कल्बका सदस्य सन्दिप रीजालले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्