निर्वाचन मंसिरमा हुन नसकेमा देशमा संवैधानिक संकट उत्पन्न हुने -नेता पुन



सैघाली खबर,
पाल्पा, २३भदौ ।
नेकपा ९माओवादी केन्द्र०का नेता वर्षमान पुनले राष्ट्रिय सभासम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताएका छन् । राष्ट्रिय सभा सम्बन्धी विधेयक बनाउने काम छिटो हुने उनले बताए ।

तानसेनमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश र संघको निर्वाचन मंसिरमा हुन नसकेमा देशमा संवैधानिक संकट उत्पन्न हुने बताएका छन् । संवैधानिक संकट उत्पन्न हुनबाट देशलाई जोगाउन मंसिरमा नै निर्वाचन गर्नुको अर्को विकल्प नभएको उनको भनाइ थियो ।

तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुने बताउँदै उनले त्यसका लागि सबै क्षेत्रको सहयोग गर्नुपर्ने बताए । प्रदेश नम्बर २ निर्वाचनपछि माओवादी पहिलो शक्ति बन्ने उनले दाबी गरे ।

शान्तिपूर्ण र मर्यादित रुपमा मंसिरमा निर्वाचन गराउन सरकारलाई राजनीतिक दल, नागरिक समाज र सञ्चारलगायत सबै क्षेत्रको सहयोग चाहिएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्