तीन नम्बर प्रदेशले लैंगिक हिंसा नसहने (नीति तथा कार्यक्रमको पुर्ण पाठ)



ललितपुर । प्रदेश नम्बर ३ ले लैंगिक हिंसामा शून्य सहनशिलता नीति अबलम्बन गर्ने भएको छ ।

प्रदेशसभाको मंगलबारको बैठकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

५४ पृष्ठको नीति तथा कार्यक्रममा लैंगिक हिंसाविरुद्ध शून्य सहनशिलता नीति अवलम्बन गर्ने, दाइजो मुक्त प्रदेश, हिंसा पीडित तथा बेचबिखनमा परेकाहरुको लागि सुरक्षित आवास गृह संचालन र आवास गृहमा बस्नेलाई स्वरोजगार बनाइने उल्लेख छ ।

त्यस्तै प्रदेश तीनको सरोकार, महिलालाई सामाजिक र आर्थिक अधिकार, प्रदेश सरकारको इच्छा, सबै बालबालिकालाई शिक्षा, प्रदेश सरकारको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा, छोरी बुहारी छात्रवृत्ति कार्यक्रम संचालन गरिने रहेका छन् ।

नीति तथा कार्यक्रममा प्रदेश मातहतका सबै अस्पतालमा वृहत् आकस्मिक प्रसूति तथा नवजात शिशु सेवालाई भरपर्दो बनाइने, एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गरिने उल्लेख छ ।

हेर्नुस् नीति तथा कार्यक्रमको पूर्ण पाठ

नीति-तथा-कार्यक्रम-२०७६-७७

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्