समाचार

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना एकसाथ

By थाहा अनलाइन

September 08, 2017

सैघाली खबर, काठमाडौं ,२३ भदौ, ।

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना भने एकैपटक अघि बढाउने निर्णय गरेको छ।

आयोगको आज बसेको बैठकले दुई चरणमा हुने निर्वाचनको मतगणना भने एकैसाथ गर्ने निर्णय गरेको आयोग स्रोतले जनाएको छ।

मंसिर १० मा ३२ जिल्लामा पहिलो चरणको निर्वाचन हुने भए पनि मतगणना भने मंसिर २१ को निर्वाचनपछि मात्रै हुनेछ। २१ गते ४५ जिल्लामा निर्वाचन हुनेछ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रमलाई पनि अन्तिम रूप दिएको छ। निर्वाचन कार्यक्रम आजै सार्वजनिक गर्ने तयारीमा आयोग लागेको छ ।