सैघाली खबर,
दाङ, २३ भदौ।
दाङ खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको चार बितेपनि तुलसीपुर १ र २ नंबर वडाका अझै ६० घर परिवारले शौचालय नबनाएको भेटिएको छ तुलसीपुर उपमहानगरपालिका १ र २ मा गरिएको सरसफाई अनुगमणका क्रममा अझै ६० घर परिवारले शौचालय नबनाउको भेटिएको हो ।
तुलसीपुर उपमहानगरपालिका १ र २ मा गरिएको सरसफाई अनुगमणका क्रममा अझै ६० घर परिवारले शौचालय नबनाउको भेटिएको हो । अनुगमणका क्रममा तुलसीपुर १ का ३४ र २ का २६ घरपरिवारले शौचालय नबनाएको पाईएको हो । अनुगमण टोलीले सौचालय , भाडाँ राख्ने टाँडीको प्रयोग भए नभएको बारेमा अनुगमण गरेको थियो ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष बिकास समिति ९फोन्बोर्ड ० काठमान्डौको आर्थिक सहयोग तथा रुकुमेली समाज बिकास केन्द्र रुकुमको प्राबिधिक सहयोगमा अनुमण गरिएको हो ।
टोलीमा अनुगमणमा तुलसीपुर उपमहानगरपालिका १ का अध्यक्ष लक्ष्मन भन्डारी, २ का अध्यक्ष राजु आचार्य , स्वास्थ्य प्रमुख रामेश्वर आचार्य ,खानेपानीका प्रतिनिधि राधिका न्यौपाने, रुकुमेलि समाज बिकास केन्द्र दाङ्का वास अफिसर भिम बहादुर मल्ल, वास ट्रिगर सुमन देवकोटा, सीता केसी तथा सञ्चारकर्मीहरुसहितको टोली सहभागी भएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।