भष्ट्राचार विरुद्धको हस्ताक्षर संकलन



सैघाली खबर
दाङ २३ , भदौ
घोराही । ‘भष्टाचार म सहदैन , म गर्दिन र सहदैन ’ भन्ने मुल मर्म लाई आत्मसाथै गर्दै जिल्लामा क्रियाशिल गैर सरकारी संस्था ईन्सेक दाङले शुक्रवार घोराहीमा भष्टाचार विरुद्धको हस्ताक्षर संकलन गरेको छ । 

भष्टाचार कानुन विरुद्धको अपराध रहेकाले कुनै पनि नागरिकले कुनै काम गरे वाफत कसै संग ढगिमा नपरुन भने भावनाको विकासका लागि भष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन गरिएको हो ।

जिल्ला समन्वय समिति दाङको कार्यालय परिसरमा संकलन गरिएको हस्ताक्षर संकलनमा सहभागीहरुले भष्टाचार विरुद्धको शुन्य सहनशिलताको विकास गर्दै सामाजिक अपराधका रुपमा मौलाउदै गरेको भष्टाचार लाई सामाजिक रुपमा निषेध गर्नु पर्ने वताएका थिए । उक्त अवसरमा घोराही उप–महानगरपाकिाल प्रमुख नरुलाल चौधरीले स्थानिय तहहरु लाई भष्टाचार मुक्त कार्यालय वनाउने घोराही उप–महानगरपालिकाको पहिलो संकल्प रहेको वताएका थिए ।

भष्टाचार गर्ने र गराउने दुवै सामाजिक अपराधी रहेकाले यदि कतै त्यसो फेला परेमा वा सुनेमा कानुनको भागिदार समेत वनाउनु पर्ने वताए ।
त्यस्तै तुलसीपृुर उप–महानगरपाकिाल प्रमुख घनश्याम पाण्डेले पनि हस्ताक्षर गर्दै भष्टाचार विरुद्धको शुन्य सहनशिल्ता कायम गरी स्थानिय तहहरु लाई भष्ट्र मुक्त वनाउनु पर्ने वताए ।
त्यस्तै घोराही उप–महानगरपाकिला वडा नम्वर १५का वडा अध्यक्ष रमेश कुमार पाण्डे लगाएतकाले हस्ताक्षर गर्दै भष्टाचारको अन्त्य हुुनु पर्ने आशय राखेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्